विद्युतीय भुक्तानी प्रणाली लागू गरिने

विद्युतीय भुक्तानी प्रणाली लागू गरिने

काठमाडौँ, पुस १२ । सरकारले राजश्व प्रशासनबाट दिइने सेवालाई सरल एवम् कम खर्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) प्रणाली लागू गर्ने भएको छ ।

सरकारको मुख्य आम्दानीको स्रोत राजश्व संकलनलाई सरल बनाउन आउँदो वैशाखदेखि प्रविधिमा आधारित भुक्तानी प्रणाली प्रयोगमा ल्याउन लागेको हो ।

आन्तरिक राजश्व विभागलाई पूर्णरुपमा कार्यान्वयन गरेर अगाडि बढ्ने तयारी भइरहेको अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले जानकारी दिनुभयो । उक्त प्रविधि कार्यान्वयनमा आएपछि मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कजस्ता मुख्य करहरु विद्युतीय प्रणालीमार्फत भुक्तानी हुनेछ ।

सहसचिव पौडेलले भन्नुभयो, “मोबाइल भुक्तानी, वास्तविक समयमा भुक्तानी (रियल टाइम पेमेन्ट), डिजिटल पेमेन्ट र नेक्स्ट जेनेरेसन पेमेन्टलाई मिलाएर एकीकृत (युनिफाइड) भुक्तानीका लागि आवश्यक काम राष्ट्र बैंकले गरिरहेको छ ।”

राष्ट्रिय भुक्तानी प्रणाली बनाउनका लागि राष्ट्र बैंकलाई जिम्मा दिइएकाले समयमै काम भई कार्यान्वयनमा आउने विश्वास लिइएको छ । यस प्रणालीले राज्य कोषमा आउने रकम समयमै आउने तथा कर अधिकृत र करदाताबीचमा सिर्जित अवरोधहरु निराकरण हुने विश्वास लिइएको छ ।

प्रणालीको प्रयोगसँगै न्यायपूर्ण, सक्षम कर प्रणालीको माध्यमबाट आन्तरिक राजश्व अधिकतम बनाउन सहयोग पुग्ने सहसचिव पौडेलको दाबी छ । पहिलो चरणमा विभागको ४९ वटा क्षेत्रगत कार्यालय (२२ आन्तरिक राजश्व कार्यालय, २६ करदाता सेवा कार्यालय (१३ काठमाडौँ उपत्यका र १३ उपत्यका बाहिर) साथै एउटा ठूला करदाता कार्यालयमा उक्त प्रविधि प्रयोगमा ल्याइनेछ ।

त्यसपछि सरकारले गैरकर राजश्व कार्यालयमा उक्त प्रविधिको प्रयोग गर्ने योजनाका साथ अगाडि बढाएको छ । त्यसका लागि कानुनी तथा प्रविधिगत सुधार गरिरहेको अर्थ मन्त्रालयले जनाएकोे छ ।

बाढीपहिरो अपडेटः ज्यान गुमाउनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता

काठमाडौं । शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको हो । त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता रहेका छन् । प्रहरीका अनुसार विपद्‌मा परेका ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ । अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दैछ ।

झ्याप्लेको अवरुद्ध सडक सुचारु

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारिसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए। उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए। प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ ।  

प्रेस सेन्टर नेपाल कपिलबस्तुको अध्यक्षमा कार्की

कपिलवस्तु । प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाकाे छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले मनिस कार्कीको अध्यक्षतामा १५ सदस्य निर्विरोध समिति चयन भएको छ । जस्काे उपाध्यक्ष माधव बेल्बासे, भगवती न्यौपाने,सचिव पिताम्बर घिमिरे (हरी),सहसचिव सूर्य गुरूङ्ग, सहसचिव अजय शाहनी,कोषाध्यक्ष सहबाज खान लगायत अन्य सदस्यमा रहनु भएको छ । अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज रुद्रप्रसाद बञ्जाडेले पत्रकारको प्रेस सेन्टर सङगठनलाइ सुदृढ गर्दै सक्रिय बनाउन आवश्यक रहेको बताउनुभयो । समाज रुपान्तरणमा सञ्चार क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेकाले निशपक्ष र इमान्दार भएर काम गर्नुपर्नेमा जाेड दिनु भयाे । त्यस्तै माओवादी केन्द्र कपिलवस्तुका अध्यक्ष विष्णु बेलबासेले कपिलवस्तुको विकासको लागि सञ्चार माध्यमले शसक्त भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । साथै उहाँले अनैतिक र अनियमित गतिविधि विरुद्ध बुलन्द आवाज उठाउन पनि आह्वान गर्नुभयो । प्रेस सेन्टर कपिलवस्तुका सस्थापक अध्यक्ष सिपि शर्माकाे नामबाट स्थापित युवा पुरस्कारबाट युवा जनपक्षीय पत्रकार मनिष गुप्ता सम्मानित हुनु भएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष मानसिह विश्वकर्मा, प्रेस सेन्टरका केन्द्रीय सदस्य बसन्त गिरि, प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा कपिलवस्तुका इन्चार्ज डिलाराम भुसाल, प्रेस सेन्टरका प्रदेश समितिका सचिव चिन्ता परियार लगायत बाेल्नु भएको थियाे । प्रेस सेन्टर नेपाल कपिलवस्तुका शाखा अध्यक्ष अर्जुन बेलबासेकाे अध्यक्षता,उपाध्यक्ष भुपाल थापाको स्वागत मन्तव्यमा भएको कार्यक्रमकाे सञ्चालन सचिव माधव बेलबासेले गर्नु भएको थियाे ।

माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौं, १३ असोज । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ ।  समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिनुभयो । बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनस्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै उहाँले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले मानविय विपतलाई मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । 

लोकप्रिय