सरकारलार्इ चुनाैति दिदै आन्दोलनकारीले घोषणा गरे धनकुटालार्इ प्रादेशिक राजधानी

सरकारलार्इ चुनाैति दिदै आन्दोलनकारीले घोषणा गरे धनकुटालार्इ प्रादेशिक राजधानी

काठमाडौं, पुस २३ । धनकुटामा प्रदेश राजधानीको माग गर्दै आन्दोलन गरिरहेका आन्दोलनकारीले आइतबार जिल्लामा रहेका सरकारी कार्यालयमा प्रदेशिक सरकारका विभिन्न मन्त्रालयका साइनबोर्ड राखेको छन् ।

विगत पाँच दिनदेखि प्रदर्शनमा उत्रिएका जिल्लाबासीले क्षेत्रीय र जिल्लास्तरीय सरकारी कार्यालयमा विभिन्न मन्त्रालयको साईनबोर्ड राख्दै सांकेतिक रुपमा राजधानी कायम गरिएको घोषणा गरेका हुन् ।

सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका जिल्लाबासीले धनकुटा बजारका विभिन्न भागमा नारा जुलुश गर्दै सरकारी कार्यालयमा विभिन्न ११ मन्त्रालयको साईनबोर्ड टॉगेका हुन ।

यस क्रममा क्षेत्रीय प्रशासन कार्यालयलाई प्रदेश प्रमुखको कार्यालय, सामुदायिक भवनलाई प्रदेशसभा भवन, आवास तथा सहरी विकास डिभिजनमा प्रदेशसभा सचिवालय, सरकारी वकिलको नवनिर्मित भवनमा स्वास्थ्य शिक्षा तथा सामाजिक विकास, प्राविधिक कार्यालयमा उद्योग मन्त्रालय, मालपोतमा कृषि भुमि व्यवस्थापन सहकारी र पशु मन्त्रालय, जिल्ला समन्वय समितिको आवास भवनमा पुर्वाधार विकास मन्त्रालय तथा प्राविधिक कार्यालयमा उद्योग मन्त्रालय, सिंचाई डिभिजनमा सिंचाई मन्त्रालयको साईनबोर्ड राखिएका छन् ।

प्रतिनिधिसभा सदस्य राजेन्द्र राई तथा प्रदेशसभा सदस्य निरन राईको नेतृत्वमा रहेको समूहले जिल्लालाई स्वस्घोषित राजधानी घोषणा गरेका हुन् । राणाकालिन गौडादेखि पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र रहेको धनकुटामा पर्याप्त पूर्वाधार, उपयुक्त हावापानी, सामरिक दृष्टिले सबल रहेकोले राजधानी कायम गरिनुपर्ने प्रनिनिधिसभा सदस्य राईले बताउनुभयो ।

एक महिनादेखि जारी आन्दोलनले पछिल्लो समय आमहड्तालको रुप लिएको छ । राजधानी माग्दै धनकुटाबासीले काठमाडौंमा पनि दवावमुलक गतिविधि गर्दै आएको प्रादेशिक राजधानी अभियान समितिका संयोजक सांसद निरन राईले बताउनुभयो ।

यसैबीच, धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले विगत पॉच दिनदेखि आह्वान गरेको आमहड्ताल क्रमश खुकुलो बन्दै गएको छ । मोटरसाईकल समेत रोकेर बन्द गरिएपनि आज कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा मोटरसाईकल र छिटपुट सवारी साधन सञ्चालनमा आएका छन् ।

आजदेखि बिहान ८ देखि अपरान्ह ४ बजेसम्म यातायात बन्द गरिने समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिनुभयो । हिजो सॉझ ५ देखि आज बिहान ८ बजेसम्म यातायात खुलाईएको थियो । तर बिहान ८ बजेदेखि पुनस् यातायात बन्द रहेको छ । यसैगरी बजार पसल, कलकारखाना पनि बन्द रहेका छन् ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय