सिटिजन्स बैंकले दोस्रो त्रैमासमा खुद नाफा घटेको विवरण सार्वजनिक

सिटिजन्स बैंकले दोस्रो त्रैमासमा खुद नाफा घटेको विवरण सार्वजनिक

वाणिज्य बैंकहरुमध्ये चालु आबको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्नेमा पहिलो बनेको सिटिजन्स बैंक (CZBIL) ले खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याएको बैंकले पहिलो त्रैमासमा पनि खुद नाफा घटेको विवरण सार्वजनिक गरेको थियो ।

बैंकको संचालन मुनाफा, खुद ब्याज आम्दानी, निक्षेप संकलन तथा कर्जा प्रवाहमा सुधार भएपनि खराब कर्जा असुलीको अवस्था कमजोर भएपछि खुद नाफा प्रभावित भएको हो । बैंकको समिक्षा अवधिमा खुद नाफा शुन्य दशमलव ४८ प्रतिशत अर्थात ३० लाख ६८ हजारले घटेको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६२ करोड ८६ लाख रुपैंया खुद नाफा गरेको छ । उसले गत आर्थिक वर्षको यसै अवधिमा ६३ करोड १६ लाख खुद नाफा कमाएको थियो ।

खराब कर्जा असुली निरासाजनक रहेपछि बैंकको खराब कर्जाको आकार समेत बढेको छ । गतबर्षको दोस्रो त्रैमासमा १.३२ प्रतिशत रहेको खराब कर्जा बढेर चालु बर्षको दोस्रो त्रैमासमा १.९४ प्रतिशत पुगेको छ । बैंकले गत आर्थिक वर्षको पुष मसान्तमा ६९ करोड ६८ लाख रुपैंया खराब कर्जा उठाएको थियो । यस पटक भने बैंकले जम्मा १४ करोड २६ लाख मात्र खराब कर्जा उठाएको छ । सम्भावित जोखिममा पनि १३ करोड ६५ लाख राखेको छ ।

खराब कर्जा असलुी ५५ करोडले घट्दा पनि खुद नाफा मात्र ३० लाखले घट्नु बैंकका अन्य सूचकहरु सुधारत्मक रहेको दखिन्छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी पाँच अर्ब ५३ करोड ७३ लाख रुपैंयाबाट आठ अर्ब दुई करोड ९१ लख रुपैंया पुगेको छ । जगेडा कोष एक अर्ब ९१ करोडबाट एक अर्ब ९९ करोड पुगेको छ ।

निक्षेप तथा कर्जा परिचालनमा उल्लेख्य सुधार गरेको बैंकको खुद व्याज आम्दानी ८५ करोड ५१ लाख रुपैंयाबाट बढेर ९७ करोड ४९ लाख रुपैंया पुगेको छ । । बैंकले चालु आवको ६ महिनामा ५८ अर्ब ४६ करोड निक्षेप संकलन गरेर ५३ अर्ब ३१ करोड कर्जा लगानी गरेको देखिन्छ ।

बैंकको कोषको लागत ५.२० प्रतिशतबाट बढेर ८.१६ प्रतिशत पुगेको छ । जसका कारण उसले सस्तो व्याजदरमा कर्जा परिचालन गर्न सक्ने अवस्था देखिँदैन ।

बैंकको प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैंया ६६ पैसा कायम भएको छ । चुक्ता पूँजीको आकार बढ्दा खुद नाफामा आएको गिरावटका कारण बैंकको प्रतिसेयर आम्दानी खस्किएको हो ।

बैंकको मूल्य आम्दानी अनुपात १८.२० प्रतिशत, प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ८७ पैसा छ।

नेप्से २७०० विन्दुमुनि, कारोबार रकममा गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार पनि घटेको छ । बुधबार २.९५ अंकले घटेको बजार बिहीबार १७.०१ अंकले घटेको हो ।  नेप्सेका अनुसार यस दिन कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन सात अर्ब ८१ करोडको कारोबार भएकामा आज पाँच अर्ब नौ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।  यस दिन उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापारबाहेक सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको १३१.४० अर्थात् १.१९ प्रतिशतले घटेको छ ।  दुई कम्पनीको मूल्य १५ प्रतिशतले बढेको छ । पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।  यस्तै, सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले ११.७९ प्रतिशत घाटा व्यहोरेका छन् । 

१४ अंकले बढेको नेप्सेमा कारोबार पनि बढ्यो

काठमाडौं । मंगलबार आज नेपाल स्टक एक्सेच (नेप्से) १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेको छ ।  नेप्से ०.५४ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच भएको छ । आज १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार ९१७ पटक शेयर किनबेच भएको छ । यस्तै १३ वटा समूहमध्ये २ वटा समूह घटेको छ भने बाँकी ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशतले घटेर ६ हजार ८२२.६१ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.४५ प्रतिशतले घटेर ४ हजार ६१२.१५ विन्दुमा पुगेको छ । सबैभन्दा बढी विकास बैंक समूह १.७५ प्रतिशतले बढेर ५ हजार ५०३.०८ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचलुअल फण्ड समूह ०.११ प्रतिशतले बढेर २०.३५ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.७६ प्रतिशतले, फाइनान्स १.६२ प्रतिशतले, होटल तथा पर्यटन ०.९४ प्रतिशतले, हाइड्रोपावर ०.७१ प्रतिशतले, लगानी ०.९६ प्रतिशतले, जीवन बिमा ०.२८ प्रतिशतले, लघुवित्त ०.९५ प्रतिशतले, निर्जीवन बिमा ०.५६ प्रतिशतले र अन्य समूह ०.४९ प्रतिशतले बढेको छ।

नेप्से १३.९५ अंकले बढ्यो, कति छ कारोबार रकम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को लागि आज यस साताको अन्तिम कारोबार दिन बिहीबार १३.९५ अंकले बढेको छ । यस दिन १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको स्थिर रहेका छन् ।  दोहोरो अंकले बजार बढ्दा १० अर्ब ३२ करोड बराबरको सेयर खरिद–बिक्री भएको छ । दुई करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर एक लाख एक हजार ५४५ पटकमा खरिद–बिक्री भएको छ । गुँरास लघुवित्त, स्वभिमान लघुवित्त, अपर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, माइक्रो फाइनान्स, म्युचअल फन्ड र अन्य समूह बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । 

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।