सैनिक पोशाकमा विप्लवको उद्घोष: अब रोल्पामा होइन काठमाडौंमै हतियार उठाइन्छ
रोल्पा, फागुन १५ । विप्लव माओवादीले राजधानीबाटै एकीकृत क्रान्ति शुरु गर्ने घोषणा गरेका छन् ।
पार्टीको महाधिवेशनपछि आयोजित आमसभामा बोल्दै नेता विप्लवले अबको लडाई रोल्पामा मात्र नभएर राजधानीमा नै हुने बताएका हुन ।
पार्टी महाधिवेशनपछि आयोजित कार्यक्रममा नेता विप्लवले माओवादी केन्द्रले क्रान्तिसँग गद्दारी गरेको आरोप समेत लगाए ।
‘माओवादी’ पदावली थबाङमै छोडेर हिडेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले फेरि हतियार उठ्ने बताएका छन् । हिजोको जनयुद्ध सामान्य उक्साहटमा नभएको दावी गर्दै विप्लवले प्रचण्डको भासन र महराको अनुहार हेरेर जनयुद्ध नगरिएको बताए । कि बलिदान, कि मुक्ति गर्ने भनेर हिडेको जनयुद्धको माओवादीले अपमान गरे पनि नेपाल कम्युनिष्ट पार्टीले अधिकारको लडाई कहिल्यै नरोक्ने बताए । ‘अधिकारको लडाई गर्दा कसैले दमन गर्छ भने हतियार उठ्नसक्छ’ विप्लवले भने ‘अबको लडाई रोल्पामा मात्र होइन काठमाडौंमै हुन्छ ।’
दलालहरुविरुद्ध अब काठमाडौंका मजदुर तथा विद्यार्थीहरुले लड्ने दावी गरे । माओवादी नेता कार्यकर्तालाई मुद्धा लगाउने षड्यन्त्र भइरहेको भन्दै उनले यदि त्यसो गरिए जनता आफैले बन्दुक उठाउने दावी गरे । थबाङबाट फेरि क्रान्तिको झन्डा उठाएको भन्दै विप्लवले जनताले भनेमा चुप लागेर बस्ने तर दलालहरुले दबाउन खोजेमा तरबारजस्तो भएर उभिने बताए । नेपाली जनता सन्तुष्ट नहुँदासम्म क्रान्ति नरोकिने उनले दावी समेत गरेका छन् ।
महरालाई प्रश्नः गुरु सपना भनेको के हो ?
अधिकांश समय माओबादी केन्द्रलाई गालि गर्नमै खर्चेका विप्लबले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा आफ्नो गुरु भएको बताउँदै महराले एकसाता अघि बोलेका कुराको प्रतिवाद गरे ।
गत ६ फागुनमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले विप्लवको सपना ‘दिवासपना’ भएको बताएका थिए । महराको टिप्पणीको प्रतिवाद गर्दै विप्लवले भने ‘महरा सर, हाम्रो सपना दिवासपना भए, रात्री सपना कस्तो हुन्छ ?’ रात्री सपना पैसा कमाउने, मुर्ती चोर्ने, रक्तचन्दन ओसार्ने भएको आरोप लगाए । क्रान्ति गर्ने कुरा कसरी दिवासपना भयो भन्दै उनले प्रश्न गरे । उनले एकातिर दिएजस्तो गर्ने अर्कोतिर पुरै ह्याम्मर हान्ने कार्य गरिरहेको भन्दै प्रचण्ड र महराको कडा आलोचना गरे । उनले क्रान्ति सम्भव नभए राजिनामा दिएर बालकल्याणमा साइन्स पढाउन महरालाई आग्रह गरे । साथै प्रचण्डलाई समेत चितवनमा गएर कृषि गर्न चुनौती दिए । प्रचण्डको बोली लिबाङ नजिकैको धाङ्सी खोलाकैजस्तो भएको भन्दै उनले भने ‘साउन भदौको धाङ्सीखोला साँझ सुत्दा एकातिर बग्छ, बिहान उठेर हेर्दा अर्कैतिर बग्छ, त्यस्तै हो प्रचण्डको भासण ।’ प्रचण्ड, बाबुरामले माओवादीलाई विक्रि गरेको आरोप लगाए ।
विप्लवले नेपालका कुनै पनि दलहरु नेपाल कम्युनिष्ट पार्टीको दुस्मन नरहेको बताएका बिप्लबले ‘कुनै पनि दल हाम्रो दुस्मन होइनन्े ‘हरेक दलमा दलालहरु छन् ती हाम्रा दुस्मन हुन् उनले भने ।’ कुनै दलप्रति द्वैत भाव नभएको भन्दै उनले मुख्य दुस्मन दलाल पुजिपति भएको बताए । थबाङलाई सुन्दर बनाउने परिकल्पना प्रचण्ड बाबुरामले डाँडो काटेर गएपछि सबै हराएको आरोपनि लगाएका छन् ।
विपीलाई पढ्न सुझाव
विप्लवले नेपालमा रहेका सबै दलले विपीलाई पढ्न सुझाव दिए । देशै बेचेर आफ्नो स्वार्थका लागि लम्पसार पर्ने नेताहरुका लागि विपी एउटा उदाहरण भएको पनि बताए । स्वार्थका लागि सिक्किम बेचेका लेन्दोप दोर्जे नेपालमा थुप्रै रहेको भन्दै तिनीहरुनै मुख्य दुस्मन रहेको बताए । अबको लडाई दलालसंगका पर्ने बताउदै उनले रोल्पाबाट होईन काठमाण्डौबाट लडिने बताए ।
कम्युनिष्ट ध्रुवीकरण आवश्यक
विप्लवले नेपालमा विशाल धु्रविकरण आवश्यक रहेको बताए । कम्युनिष्टहरुको एकीकरण जरुरी रहेको भन्दै विप्लवले त्यसैका लागि नाम परिवर्तन गरिएको बताए । सबै दलमा देशभक्त रहेको भन्दै उनले कम्युनिष्ट र देशभक्तहरु नेपाल कम्युनिष्ट पार्टीमा समाहित हुने विश्वास व्यक्त गरे । पुच्छर झुन्ड्याएर नेपालका कम्युनिष्टहरु विशाक्त भएको भन्दै उनले अब हरेक पार्टीबाट सच्चा कम्युनिष्टहरु गोलबन्द हुनुपर्ने बताए । उनले हिजो माओवादीलाई एक बनाएर लुटेको अहिले फुटाएर लुटेको आरोप लगाए ।
विप्लवले विस्तृत शान्ति सम्झौताको पुनरावलोकन गर्नेपर्ने तर्क गरे । माओवादीसँग गरिएको विस्तृत शान्ति सम्झौता माओवादी बेगर लागुनहुने दावी गरे । ‘शान्ति सम्झौता जोसँग भएको हो उसलाई बाहिर राखेर कसरी प्रक्रिया चल्न सक्छ ?’ विप्लवले भने ‘विस्तृत शान्ति सम्झौता लागु भएकै छैन ।’
तपाई चुनाव गर्नुस्, हामी अर्को सत्ता चलाउँछौं ।
थबाङमा शहीद स्मृति भवन निर्माण गरिएको भन्दै उनले अब शहीद स्मृति संग्रहालय बनाउने जानकारी दिए । उनले नेपालमा आर्थिक सम्मेलन गर्ने तयारी भइरहेको समेत बताएका छन् । थबाङमा सम्पन्न भएको महाधिवेशनको घोषणा सभामा बोल्दै बिप्लबले माओबादी केन्द्रलाई खुब गालि गरेका थिए ।
यसकारण फेरियो नाम
विप्लवले चार कारणले पार्टीको नाम फेरिएको बताए । आठौं महाधिवेशनले नेकपा माओवादीबाट ‘माओवादी’ हटाई नेपाल कम्युनिष्ट पार्टीमात्र बनाएको छ ।
१. विश्व कम्युनिष्ट शक्तिहरुलाई नयाँ भाव दिन,
२. नेपालका सबै कम्युनिष्ट पार्टीलाई तीब्र धु्रविकरण गर्दै एकतावद्ध गर्न,
३. माओवादी बाहेकका सबै देशभक्त शक्तिहरुलाई विभिन्न समूहभन्दा माथि उठाएर गोलबन्द गर्न ,
४. माओवादी भनेको फाइदाका लागि जे पनि गर्छ भन्ने भ्रम तोड्न ।
राजधानीको खुल्ला मञ्चमा फागुन १ गते उद्घाटन भइ रोल्पाको थबाङमा १० फागुनसम्म आयोजित बन्दसत्रले विभिन्न ११ बुँदे घोषणापत्र सार्वजनिक गर्दै महाधिवेशन समापन गरेको छ । महाधिवेशनले संसदीय व्यवस्था नभई बैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्ने भन्दै त्यसका लागि दवाव दिने समेत बताएको छ । महाधिवेशनले दुइपटकभन्दा बढि पदमा रहन नपाउने नीति समेत पास गरेको छ । त्यस्तै नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमा ६१ जना पूर्ण र २० जना बैकल्पिक सदस्य रहेको बताइएको छ । शनिबार लिबाङमा आयोजित सभामा पार्टी प्रवक्ता खड्गप्रसाद विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उमा भूजेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । शहीद सप्ताहको अवसर पारी आयोजना गरिएको कार्यक्रममा शहीद परिवारलाई सम्मान समेत गरिएको थियो ।
प्रचण्ड सचिवालयको भन्यो- 'गगनको अभिव्यक्तिमा ओरालो बाटोको मनोदशा राम्रैसँग छचल्कियो'
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति गगन थापाको ओरालो बाटोको मनोदशाबाट ग्रसित भएर आएको टिप्पणी गरेका हुन् । आज (बिहीबार) काठमाडौँको कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले ‘प्रचण्ड’ले प्रधानमन्त्री भइदिनुपर्यो भनेर हप्तामा एकपटक खबर पठाउने गरेको दाबी गरेका थिए। यसैको खण्डन गर्दै प्रचण्डको सचिवालयले वक्तव्य जारी गरेको हो। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले लेखेका छन्, ‘महामन्त्रीजी ! कीर्तिपुरको निर्वाचनमा नेका (नेपाली कांग्रेस) को ओरालो बाटो तपाईंको मनोदशाबाट राम्रैसँग छचल्किएछ। यति कुरा हेक्का राख्नुस्, माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, माओवादी नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ।’
उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षको जनमत सङ्ग्रहजस्तै होः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुने उपनिर्वाचन २०८४ को निर्वाचनका लागि आँखिझ्याल हुने बताउनुभएको छ । माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको नतिजा इंगित गर्ने बताउनुभएको हो । ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’– उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताउनुभयो । उहाँले सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’– उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’ उहाँले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको बताउनुभयो । उहाँले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताउनुभयो । अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको स्पष्ट गर्दै उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’ ‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक रहेको औल्याउँदै उहाँले थप्नुभयो– ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’ मंसिर १६ को निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन आह्वान गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’
उपनिर्वाचन : कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड
काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगरपालिकाले चुनावीसभा आयोजना गर्ने भएको छ । माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १३ गते २ः३० बजे कीर्तिपुर नःगाउँ दोबाटोमा चुनावी सभा गर्ने जनाएको छ । सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जन लगायतले सम्बोधन गर्ने बताइएको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको माओवादी केन्द्रले जनाएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै महर्जनलाई मतदान गर्न अपिल गरेका छन् । सरल स्वभावका मर्हजनलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् । करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण निर्वाचन जित्नेमा पार्टी ढुक्क रहेको माओवादी केन्द्र कीर्तिपुरले जनाएको छ ।
बक्यौता नतिर्ने उद्योगको बैंक र सेयर खाता रोक्का गर्न प्राधिकरणको पत्राचार(पत्रसहित)
काठमाडौं । डेडिकेटेड तथा ट्रंक फिडरमा लाइन नकाट्न निर्देशन पाएपछि नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरण बैंक खाता रोक्का, सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा गएको हो । प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ यस्तै, प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ विद्युत् खरिद सम्झौताबमोजिम भुक्तानी हुने रकमबाट असुल गर्न पियोर इनर्जीलाई पत्राचार गरेको छ । प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो । प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ ।