हाइब्रिड कविताः प्रकाश थाम्सुहाङ
मंसिर १६ । २०६० सालमा पाँचथरबाट एक साहित्यिक आन्दोलनको सुरुवात भएको थियो । उक्त आन्दोलन थियो– उत्तरवर्ती सोच । जसका तीन अभियन्ताहरू थिए– कवि सगुन सुसारा, भवानी तावा र राज माङ्लाक । तिनै उत्तरवर्ती कवि राज माङ्लाकको पहिलो कविता संग्रह “लिम्बुनी गाउँ” कवितासंग्रह भर्खरै प्रकाशनमा आएको छ ।
भारतीय कवि कुँवर नारायण भन्छन्– ‘कविताले समाज बुझ्न खास किसिमको दृष्टिबोध दिन्छ ।’ कवि माङ्लाकका कविताहरूले पनि लिम्बू समाजको सांस्कृतिक सौन्दर्य बुझाउन भरमग्दुर प्रयत्न गरेको छ ।
संग्रहलाई कविले तीन खण्डमा बाँडेका छन् । पहिलो ‘साँवा खोलाको गीत’ खण्डमा १३ कविता छन् । दोस्रो ‘अक्षरहरूको मौलो’ खण्डमा नौ र तेस्रो ‘समय सन्नाटामाः मध्यदिनको सडक समाधि’ खण्डमा पनि नौ कविता संग्रृहीत छन् । यी तीन खण्डका कविता काव्यिक संरचना, विचार र अभिव्यक्ति सम्प्रेषणमा बेगल स्वादका छन् ।
त्यसैले, कवि माङ्लाकलाई भर्सट्रायल कवि मान्दा सायदै गलत भइन्छ । पहिलो खण्डमा छोटो तर सुन्दर कविता छन् । कुनै लिम्बुनी गाउँमा सुन्दर फूल फुलिरहेको सेक्मुरी फूलझैं लाग्छन् यी कविताहरू ।
कुपीको उज्यालोमा देखिन्छ
आफ्नै सभ्यता
फलैंचामा बसेर देखिन्छ
पुर्खाको इतिहास
बाँसको टुप्पा हल्लिँदा हल्लिँदै देखिन्छ
आमाको माया ।
मूलतस् पचासको दशकपछि नेपाली कवितामा इथ्निक कल्चर र मिथकहरूको प्रवेश घनिभूत रूपमा हुन थालेको हो । बीसको दशकमा कवि बैरागी काइलाले छिटफुट रूपमा प्रयोग गर्न थालेको जातीय मिथकलाई युवा कविहरूले सचेततापूर्वक प्रयोग गर्न थाले । रामायण, महाभारतका र पश्चिमा मिथकहरूसँग मात्रै परिचित नेपाली कविताका पाठक र समालोचकहरूलाई उक्त नयाँ प्रयोग निश्चिय नै मथिंगल रिंग्याउने थियो ।
तसर्थ सुरुवाती कालमा ती नयाँ धारका कविताहरू समीक्षकहरूबाट उपेक्षाको सिकार भए । यतिबेला समय बदलिएको छ । वर्तमानमा समानान्तर नेपाली साहित्यको मुद्दा डिस्कोर्समा छ । नेपाली काव्यिक जगत्मा पनि बहुलता लागू हुँदैछ । तसर्थ जनजातीय मिथकहरू नेपाली काव्यिक जगतमा क्रमशस् स्वीकार्य हुँदैछ । पाठकहरूमा पनि यी नयाँ धार बोकेका कविताहरूप्रति क्रमशस् अभिरुचि जाग्दैछ । त्यसकारण ‘लिम्बुनी गाउँ’ आम पाठकमा सम्प्रेषणीय र रुचिकर बन्नेमा दुई मत छैन ।
कवि तथा समालोचक मुनाराज शेर्मा भन्छन्( कवितामा कविले व्यतीत गरिरहेको समय र जीवनपद्धति प्रतिबिम्बित हुन्छ । यस संग्रहमा पनि लिम्बू समुदायले व्यतीत गरिरहेको जीवनपद्धति, संस्कार र सौन्दर्यगत चेतना प्रतिबिम्बित भएको छ । यासोकेनी बजू, लिम्बुनी गाउँ, आदाङ्मे र साँवा खोलाको गीतजस्ता कविताले लिम्बू समाजको सांस्कृतिक चित्र र जीवनपद्धति कलात्मक ढंगले वर्णन गर्ने प्रयत्न गरेको छ ।
विश्वमा घटित सामाजिक न्यायका आन्दोलन र घटनाक्रमहरूले कविता लेखनमा प्रभाव पारेको प्रशस्तै दृष्टान्त छन् । नेपालमा पनि सामाजिक न्यायका थुप्रै आन्दोलन र घटनाक्रम घटित भए । यी आन्दोलनले नेपाली कविता लेखनमा पनि सकारात्मक प्रभाव पारेको यथार्थ हो । तर अझै पनि नेपालमा विभेदका अनेकौं शृंखला ज्यूँका त्यूँ छन् । अझै पनि नेपालको राज्यसत्ता ती विभेदलाई सकारात्मक सम्बोधन गर्न चुकिरहेको छ । यसै सन्दर्भमा ती राजनैतिक र सामाजिक मुद्दाहरू नेपाली कवितामा मुखरित भएर आइरहेको छ ।
पहिचान एक त्यस्तै सामाजिक मुद्दा हो । यतिबेला नेपाली कवितामा पहिचान लेखनले एक बलशाली धारको प्रतिनिधित्व गरिरहेको छ । कवि माङ्लाकको अधिकांश कविता पनि पहिचानको पक्षधरतासँग जोडिएका छन् । तर कुनैबेला जसरी पहिचानको मुद्दा भ्रष्टीकरण उन्मुख थियो । त्यसरी नै पहिचानवादी कविताले लय गुमाएको सत्य हो । अधिकांश पहिचानवादी कवितामा आक्रोशपूर्ण नारा हाबी भएको सत्य हो । अझै पनि यो समस्या नयाँ पहिचानवादी कवि र कवितामा व्याप्त छ । यीभन्दा भिन्न कवि माङ्लाकको पहिचानवादी कवितामा कला र शालीनता छ । यसले विचारलाई अझ तेज र प्रभावकारी बनाएको छ ।
प्रयोगवादी कविता लेख्नु ठूलो जोखिम मोल्नु हो । किनभने प्रयोगलाई पाठकहरूले अस्वीकार गरेको खण्डमा एउटा कविको लामो साधना व्यर्थ जाने भय हुन्छ । फेरि यस्तो भय कवि गोपालप्रसाद रिमालले राखेको भए उनी पछिका पुस्ताहरूले सायदै गद्यमा लेख्ने थिए । प्रयोग समयले आफैं माग्छ तर प्रयोगको लागि प्रयोगमात्र नहोस् । विशेषगरी प्रयोगवादी कविहरू सचेत हुन नितान्त जरुरी छ ।
लिम्बुनी गाउँको दोस्रो खण्ड ‘अक्षरहरूको मौलो’ मा पनि प्रयोगवादी कविता छन् । अक्षरहरूलाई टुक्र्याएर विभिन्न आकृतिजस्तै लाग्ने चित्र कविता यो खण्डमा समाविष्ट छन् । युरोपतिर यस्ता कवितालाई कंक्रिट कविता भन्छन् । भनिन्छ( कंक्रिट कविता दादावादबाट प्रभावित थियो ।
जुरिजबाट सुरु भएको दादावाद जब फ्रान्स हुँदै अमेरिका पुग्यो, तब कविहरूलाई पनि आफ्नो प्रभावमा पार्यो । फलस्वरूप कविताको संरचना चित्रझैं लाग्ने कंक्रिट कविताको जन्म भयो । सन् १९२५ तिरै ई ई कमिङ्सले कंक्रिट कविताको सिर्जना गरेका थिए । सन् ५० को दशकपछि भने पश्चिममा कंक्रिट कविता घनिभूत रूपमा लेख्न थालिएको हो ।
नेपालमा कंक्रिट कविता भित्राउने श्रेय कवि बैरागी काइलालाई जान्छ । त्यसपछि सिर्जनशील अराजक र रंगवादी कविहरूले यस्ता कविता बाक्लो रूपमा लेख्न थाले । उत्तरवर्ती कवि सगुन सुसाराले पनि उनको संग्रह माङफुनको कायाकल्पमा यस्ता कविता प्रशस्त लेखेका छन् । नेपालमा ६० को सुरुवातका माथि उल्लेखित कविहरूले चित्र कविता लेख्नुसम्म लेखे, पछि आफैं थाके । उनीहरूलाई लाग्यो होला, यी कविता पाठकमाझ सम्प्रेषणीय भएन ।
सम्भवत: त्यही कालखण्डमा कवि माङ्लाकले पनि यी कविता लेखेको हुनुपर्छ । तर संग्रहको रूपमा ढिलो आयो र नै डेटएक्स्पायर झै लाग्यो ।
तर चित्र कवितामा प्रयुक्त भाषा अब्बल छ । ‘अक्षरहरूको मौलो’ मौलोकै आकृति कविता छ । त्यस्तै ‘लिटल व्याय’ परमाणु बमकै आकृतिमा कविता छ । ‘सिमेक्वा चरी’ अक्षरहरूको संयोजनले चराजस्तै देखिन्छ । कविताको संरचना पुरातन भए पनि वैचारिक अभिव्यक्तिमा नयाँपन छ ।
संग्रहको तेस्रो खण्ड ‘समय सन्नाटामा स् मध्यदिनको सडक समाधि’ छोटो चार हरफको कविता ‘अर्ती’ बाट सुरु भएको छ । ‘फेदेन’ सहर उन्मुख बजारको शाब्दिक स्केच हो । ‘धर्तीका फूलहरू’ ले भुइँ मान्छेहरूको कथा भन्छ । यस खण्डमा अन्य ६ कविता भने केही लामा र बौद्धिक छन् । यस खण्डका केही कविता अमूर्तजस्ता लाग्छन् । यी पछिल्लो कवितामा कविले बुद्धिविलास गर्ने मोह राखेका छन् । तसर्थ यी कविताभित्र आम पाठकको प्रवेशमा कठिनाइ उत्पन्न हुन सक्छ ।
कवि माङलाक पाँचथरको आङ्ना गाउँमा जन्मिएका हुन् । हाल उनी धनकुटाको राजाराजी गाउँमा अध्यापनरत छन् । गाउँ यतिबेला हाइब्रिडमय भएको छ । कृषि र पशुमा लोकल स्पेसिजलाई विस्थापित गर्दै हाइब्रिड स्पेसिजले आफ्नो वंश विस्तार गर्दै लगेको छ । निख्खुर स्थानीय जात गाउँबाट लोप हुने कगारमा छ । सम्भवतस् यसैको प्रभाव हुन सक्छ, उनको कविता पनि हाइब्रिड कविता भएको छ ।
स्थानीयमा विकासे जातको सम्मि श्रणले हाइब्रिड पैदा हुन्छ । संग्रहको छोटो भूमिकामा डा। सञ्जीव उप्रेती लेख्छन्( डेरिडा लिम्बू बन्न पुगेका छन् ।
पहिलो खण्डको निख्खुर भर्जिन लिम्बुनी गाउँलाई दोस्रो र तेस्रो खण्डमा पुग्दा ठूला सहरले अतिक्रमण गरेको छ । लिम्बुनी गाउँको भर्जिनिटी अरूलाई सुम्पेकोमा पाठकलाई थकथक लाग्न सक्छ । र, पाठकहरूको मनमा प्रश्न उठ्न सक्छ( कविको निजत्व खोइ ?
अन्त्यमा,
उत्तरवर्ती सोचको एउटा रोचक र प्रमुख बुँदा छ( ‘तथाकथित भूमण्डलीकरणको विरोध ।’ कविताको संरचना र चिन्तनमा आफ्नोपनलाई बेवास्ता गर्दै बाहिरी तत्व र चिन्तनसँग आकर्षित भएपछि भूमण्डलीकरणको विरोध गर्ने नैतिक सामथ्र्य कहाँबाट जुट्छ रु आगामी दिनमा कवि राज माङ्लाकले यस्ता प्रश्नको सामना गर्नुपर्ने देखिन्छ ।
उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाए : सांसद सापकोटा
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाउनुभएको छ। बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले मन्त्री र राज्यमन्त्रीले ४५४ मेगावाटको किमाथांका अरुण परियोजनजामा नियम मिचेर डकैतीको शैलीमा निर्णय गर्ने प्रयत्न गरेको आरोप लगाउनुभएको हो। जगदुल्ला हाइड्रोपावरको विषयमा मन्त्री खड्काले प्रतिष्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न लगाइ एउटा कम्पनीले मात्रै छनोट गर्ने काम गरेकोमा सांसद सापकोटाले आपत्ति जनाउनुभयो। उहाँले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजनामा पनि नियम मिचिएको आरोप लगाउनुभयो। सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रतिशोध साँधेर प्राधिकरणमै मन्त्रीले कार्यकक्ष स्थापना गर्नु देशको बेइज्जती भएको उहाँको भनाई थियो । सरकार र मन्त्रीलाई उत्तरदायी बनाउने काम समितिले गर्नुपर्ने बताउनुभयो। सांसद सापकोटाले कुनै छलफल र परामर्श नगरी होटलमा समितिको बैठक बोलाइएकोप्रति आपत्ति जनाउनुभयो। सरकारले ल्याएको विधेयकमा छलफल गर्न होटल गइरहनु नपर्ने बताउनुभयो। होटलमा बसेर जलश्रोत विधेयक रिराइट गर्नेगरी निर्णय गर्नु आपत्तिजनक रहेको बताउनुभयो ।
पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डद्वारा स्वागत
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ। यसरी प्रवेश गर्नेहरुमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काङ्ग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोती लगायत रहनभएको छ। सोही अवसरमा भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो। अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले पार्टीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा थालेको अभियानका कारण देशव्यापी जनाकर्षण बढेको बताउनुभयो ।
शिक्षकका माग समेटेर शिक्षा विधेयक पारित हुन्छ : अध्यक्ष प्रचण्ड
गोरखा। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने बताउनुभएको छ। नवज्योति माध्यमिक विद्यालय गोरखा नगरपालिका ७, डण्डीडाँडा, गोरखाको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। आफूले सरकारको नेतृत्व गरेको बेला असाध्यै मेहनत गरेर विद्यालय शिक्षा विधेयक ल्याए पनि अझै पारित हुन नसकेको उल्लेख गर्दै उहाँले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विधेयक पारित गरिने बताउनुभयो । संविधानमा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरिए पनि आवश्यक कानुन र बजेटको अभाव रहेको उल्लेख गर्दै उहाँले राज्यको तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । शिक्षा विधेयक पारित भयो र शिक्षा क्षेत्रमा २० प्रतिशतसम्म बजेट छुट्याउन सकियो भने यो क्षेत्रलाई अघि बढाउन सकिने बताउनुभयो। आफूले निरन्तर देश र जनताका लागि नयाँ थालनी गर्ने गरेको उल्लेख गर्दै उहाँले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । तेस्रोपटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान थालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो अभियान निरन्तर अघि बढ्ने बताउनुभयो । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्नुपर्छ भनेर अभियान चलाउँदा नै भ्रष्ट र बिचौलियाहरुले सरकारबाट हटाएको उल्लेख गर्दै उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको बताउनुभयो । गोरखा क्याम्पसको निरीक्षण यसैबीच पूर्वप्रधानमन्त्री प्रचण्डले गोरखा ५ स्थित गोरखा क्याम्पसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले क्याम्पसको भौतिक विकास र दरबन्दी थपका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
बजेटको बीस प्रतिशत शिक्षा क्षेत्रमा लगाउन आवश्यक : अध्यक्ष प्रचण्ड
गोरखा। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताउनुभएको छ। सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्ती उद्घाटन गर्दै उहाले यस्तो धारणा राख्नुभएको हो। आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको उल्लेख गर्दै उहाँले अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रष्ट पारिएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा बिधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कुनै पनि देशको शिक्षा प्रणालीले त्यहाँको सभ्यताको निर्धारण गर्ने उल्लेख गर्दै उहाँले सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो । पछिल्लो समय धेरै सामुदायिक विद्यालयले प्रगति गरिरहेको उल्लेख गर्दै यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो । आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै उहाँले ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरेको बताउनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगलेअघि बढाउँदा बिचौलिया र भ्रष्टहरुले सरकारबाट हटाएको बताउनुभयो । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको औल्याउँदै उहाँले गोरखामो समग्र विकासका लागि सक्दो योगदान गर्ने बताउनुभयो ।