एभरेष्ट दैनिक

हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

काठमाडौंः  हुम्लालाई केन्द्रबिन्दू बनाएर ५ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतवार बिहान १० बजेर ५४ मिनेट जाँदा हुम्लाको लिमी केन्द्रबिन्दू रहेको भूकम्पको धक्का महसूस भएको हो । यसअघि यही भदौ ५ गते सोलुखुम्बुलाई केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको भूकम्पको धक्का महसूस भएको थियो ।