चुनावपछि नेकपा पहिलो शक्ति बन्ने दाबी : नेता सापकोटाले प्रस्तुत गरे बलिया आधार
५ फागुन, २०८२
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आफ्नो पार्टी देशको पहिलो शक्ति बन्ने दाबी गर्नुभयाे। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सापकोटाले देशभरबाट प्राप्त उत्साहजनक रिपोर्ट, संगठनको एकता र व्यापक उम्मेदवारीका कारण नेकपा निर्णायक रूपमा अघि बढिरहेको बताउनुभयाे। उहाँले विगतको निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवार नहुँदा समानुपातिक मत अपेक्षाकृत कम आएको स्मरण गराउँदै यसपटक देशव्यापी उम्मेदवारीले पार्टीको जनाधार उल्लेख्य रूपमा विस्तार भएको बताउनुभयाे। “यसपटक देशभर उम्मेदवार खडा भएका छन्। यसले कार्यकर्ताको मनोबल उच्च भएको छ र सम्पूर्ण पार्टी पंक्ति निर्वाचनमा पूर्ण रूपमा केन्द्रित भएको छ,” उहाँले भन्नुभयाे, “यसको सकारात्मक परिणाम चुनावमा स्पष्ट देखिनेछ।” नेता सापकोटाले नेकपाको सबैभन्दा ठूलो शक्ति यसको एकता र स्पष्ट राजनीतिक दिशा रहेको बताउनुभयाे। “हाम्रो पार्टी अहिले सबैभन्दा बढी एकताबद्ध छ। यही एकता, जनतासँगको गहिरो सम्बन्ध र स्पष्ट विचारले हामीलाई पहिलो पार्टी बनाउनेछ,” उहाँले भन्नुभयाे। उहाँले प्रमुख प्रतिस्पर्धी दलहरू नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रभावकारी रूपमा अघि बढ्न नसकेको टिप्पणी गर्दै नेकपाले भने देशभर सक्रिय, संगठित र आत्मविश्वासका साथ अभियान सञ्चालन गरिरहेको बताउनुभयाे। त्यस्तै, नयाँ राजनीतिक शक्तिहरूले जनताको अपेक्षाअनुसार ठोस विचार, सिद्धान्त र कार्यक्रम प्रस्तुत गर्न नसकेको उल्लेख गर्दै उहाँले नेकपाको स्पष्ट दृष्टिकोण र परिवर्तनमुखी एजेन्डाले जनताको विश्वास जितिरहेको बताउनुभयाे। देशभरबाट प्राप्त जनसमर्थन, संगठनको सक्रियता र स्पष्ट राजनीतिक मार्गदर्शनका आधारमा नेकपा आगामी निर्वाचनपछि देशको अग्रणी राजनीतिक शक्ति बन्ने विश्वास रहेको उहाँले बताउनुभयाे।
कम्युनिस्ट एकतालाई प्रवासी नेपालीहरुबाट स्वागत
३० कात्तिक, २०८२
यूएईले नेपालीका लागि लगाएको भिजिट भिसा प्रतिबन्ध हटायो
२८ कात्तिक, २०८२
गायक पौडेलको म्युजिक भिडियो बुडाबुडी सार्वजनिक
२८ कात्तिक, २०८२
दुबईमा जोयालुकास हेल्पिंग हेण्स फुटबल प्रतियोगिता हॅुदै
२१ कात्तिक, २०८२
बाघको आक्रमणबाट वडाध्यक्ष घाइते
१६ मंसिर, २०८१

