एभरेष्ट दैनिक

देशभरिकै उत्कृष्ट बन्यो भीमदत्त नगरपालिका, पायो एक लाख पुरस्कार

काठमाडौं । नगर विकास कोषले भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ। उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले एक लाख रुपैयाँ नगद पुरुस्कार प्रदान गर्ने भएको छ। कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गर्ने कार्यक्रम बनाइएको छ। नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीको साथ र सहयोगबाट पुरस्कार पाउने अवस्थासम्म पुगिएको बताए। रासस