बेपत्ता र सत्य निरुपण आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिने म्याद थप
३० कात्तिक, २०८१
काठमाडौं । सरकारले द्वन्द्वकालीन घटना टुंग्याउन महत्त्वपूर्ण मानिएका दुई आयोगको अध्यक्ष र सदस्यमा आवेदन दिने म्याद थप गरेको छ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्न समिति गठन गरेको थियो । सोही समितिले २३ कात्तिकमा दुवै आयोगका अध्यक्ष र सदस्यमा आवेदन आह्वान गर्दै एक सूचना प्रकाशित गरेको हो । उक्त सूचनामा इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरिएको छ । सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । तर, आज फेरि अर्को सूचना प्रकाशित गर्दै समितिले मंसिर ४ सम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । आवेदन फाराम www.trc.gov.np, www.ciedp.gov.np, www.moljpa.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।
लुम्बिनी विकास कोषको ७७ करोड ५५ लाख बजेट पारित
२७ कात्तिक, २०८१
इजरायलको ज्यादतीविरुद्ध अरब र इस्लामिक देशहरु एक ठाउँमा
२७ कात्तिक, २०८१
अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणनाः ट्रम्प जीत नजिक
२१ कात्तिक, २०८१
सडक दुर्घटनामा परि युएईमा नेपाली नर्सको मृत्यु
३ फागुन, २०७८
एकैदिन २४४४ जनामा काेराेना संक्रमण
२७ पुष, २०७८
नाेबेल कलेजमा विद्यार्थीद्वारा ताेडफाेड
२५ पुष, २०७८

