देशभर तीन लाख नयाँ मतदाता थपिए
३० कात्तिक, २०८२
काठमाडौं । निर्वाचन आयोग नेपाल, कान्तिपथ काठमाडौंले पछिल्लो दैनिक तथा समग्र नयाँ मतदाता दर्ता विवरण सार्वजनिक गरेको छ । कात्तिक २८ गतेसम्म दुई लाख ८१ हजार १२९ जना नयाँ मतदाता थपिएका छन् । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले पुरुष एक लाख ६० हजार ७५८, महिला एकलाख २० हजार ३३१ र अन्य ४० जना थपिएकाे जानकारी दिए । यसैगरी, राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत कात्तिक २७ र कात्तिक २८ गते राति ९ बजेसम्म दर्ता भएका विवरणमा ८० हजार ४५६ जना थपिएका छन् । जसमा पुरुष ५० हजार २१७, महिला ३० हजार २३५ र अन्य चार जना छन् । आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै देशभर दर्ता प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी निरन्तर भइरहेको जनाएको छ । कात्तिक ३० गतेसम्म नयाँ मतदाता संकलनकाे अवधि तोकिएको छ । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी पाँच दिन थप गर्न आग्रह गरेका छन् ।
धनुषामा एक वडाध्यक्षको गोली हानी हत्या
३० कात्तिक, २०८२
बाजुरामा बेरोजगारीले रित्याउँदै गाउँ
३० कात्तिक, २०८२
देशभर तीन महिनामा प्रेस स्वतन्त्रता हनन्का ५९ घटना
२९ कात्तिक, २०८२
अब जापानी प्रहरीले भालुविरुद्ध गाेली हान्न पाउने
२९ कात्तिक, २०८२
मधेसमा यो वर्ष धान उत्पादनमा कमी आउने
२९ कात्तिक, २०८२
कस्ताे हाेला आज देशभरको मौसम ?
२९ कात्तिक, २०८२
वन कुखुरा पालनमा ५० लाख लगानी, वार्षिक १५ लाखकाे आम्दानी
२९ कात्तिक, २०८२
युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी
२९ कात्तिक, २०८२
मधेसमा बालविवाह अझै विकराल
२९ कात्तिक, २०८२
थारु महिलाको पौरख: नेपालगन्जलाई अर्ग्यानिक स्वाद
२९ कात्तिक, २०८२
करारका कर्मचारी हटाइएपछि स्थानीय तहको सेवा ठप्प
२९ कात्तिक, २०८२
ओमानसँगको श्रम सम्झौतालाई अन्तिम रूप दिने तयारीमा सरकार
२८ कात्तिक, २०८२
ग्लोबल आइएमई बैंकले आठ प्रतिशत नगद लाभांश दिने
२८ कात्तिक, २०८२
हिउँद सुरु भएसँगै डोल्पाका याक मुस्ताङमा
२८ कात्तिक, २०८२
हुम्लामा चार दिनदेखि विद्युत् आपूर्ति बन्द
२८ कात्तिक, २०८२

