भोजपुरमा ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’ आयाेजना हुने
२३ कात्तिक, २०८२
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरको सबैभन्दा होचो स्थान कोप्चेदेखि टेम्केमैयुङ गाउँपालिकाको तावा भन्ज्याङसम्म ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’ को आयोजना हुने भएको छ । आगामी मङ्सिर २० र २१ गते दुई दिन ६० किलोमिटरको दूरीमा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक मुन्धुम अल्ट्रा ट्रेल रेस सञ्चालन समितिका सचिव रविन थापाले जानकारी दिए । जिल्लाको मुन्धुम पदमार्ग तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटन आवागमन सहयोग गर्दै धावक उत्पादन गर्ने लक्ष्यका साथ अल्ट्रा ट्रेलको आयोजना गरिएको सचिव थापाले बताए । जिल्लाको हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाको आर्थिक सहयोग र स्विस सरकार विकास सहयोग नियोग, हेल्भेटास नेपाल र पदमार्गमा आधारित पर्यटन विकास परियोजनासँगको समन्वयमा दुई दिने अल्ट्रा ट्रेल रेसको आयोजना गरिएको हो । स्थानीय संस्कृति, परम्परा र मुन्धुम दर्शन तथा संस्कृतिको प्रचार–प्रचार गर्ने, पर्यटन प्रवर्द्धन, स्वास्थ्य तथा शारीरिक स्वस्थता, स्थानीयको आयस्रोतमा वृद्धि, अन्तर्राष्ट्रिय सहभागिता जस्ता उद्देश्य कार्यक्रमको रहेको छ । सो सम्बन्धमा आज सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक पक्षले कार्यक्रम सफल बनाउन सबै पक्षसँग आग्रह समेत गरेको छ । हतुवागढी गाउँपालिकाका अध्यक्ष तथा निर्देशक समितिका संयोजक प्रेम कुमार राईले पर्यटन प्रवर्द्धन, अर्थतन्त्र विकास, किराती संस्कृति तथा परम्पराको प्रवर्द्धन, खेलकुद क्षेत्रको विकासलगायत क्षेत्रका लागि यो कार्यक्रम महत्त्वपूर्ण हुने बताए । पुरुष तथा महिला अल्ट्रा ट्रेल रेसमा १०० जनाको सहभागिता हुने आयोजकले जनाएको छ । यो रेसले जिल्लाको पर्यटन, खेलकुद तथा सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको रेस सञ्चालन समितिका अध्यक्ष सन्दीप किरावाले बताए । उनले भने, “कार्यक्रमको मुख्य उद्देश्य स्थानीय पर्यटन प्रवर्द्धन, सांस्कृतिक एकता र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचार गर्नु हो, साथै प्रतियोगितामार्फत भोजपुरका पहाडी क्षेत्रका सुन्दर पदमार्ग, गाउँघरका सांस्कृतिक सम्पदा र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएको छ ।” प्रतियोगिता तयारीका लागि ट्रेल म्यापिङ, स्वयंसेवक तालिम, सरसफाइ तथा प्रचार अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जानकारी दिएको छ ।
तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’
२३ कात्तिक, २०८२
कृषि मन्त्रालयद्वारा मल खरिदका लागि थप १० अर्ब माग
२३ कात्तिक, २०८२
पूर्वपश्चिम राजमार्ग एसियाली मापदण्डमा विस्तार हुँदै
२३ कात्तिक, २०८२
आजकाे माैसम: हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात
२३ कात्तिक, २०८२
बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर
२३ कात्तिक, २०८२
अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक, राष्ट्रिय सभामा दर्ता
२२ कात्तिक, २०८२
चितवनमा धान उत्पादनमा वृद्धि
२२ कात्तिक, २०८२
मुस्ताङकाे कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली
२२ कात्तिक, २०८२
रौतहटमा ११ प्रतिवादी पक्राउ
२२ कात्तिक, २०८२
पछिल्लाे समय वीरगन्ज नाकाबाट निर्यात बढ्यो
२२ कात्तिक, २०८२
उदयपुरमा अपरिचित एक पुरुष मृत फेला
२२ कात्तिक, २०८२
म्याग्दीकाे अनौठो ‘स्काई केभ’
२२ कात्तिक, २०८२
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’
२२ कात्तिक, २०८२

