मेची राजमार्ग अवरुद्ध हुँदा चार जिल्लाका यात्री प्रभावित
१६ कात्तिक, २०८२
इलाम । बिहीबार देखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द छ । राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली खण्डमा पहिरो खसेपछि अवरुद्ध सडक खोल्न भरमग्दुर प्रयास भइरहेको सम्बन्धित निकायका अधिकारीले बताएका छन् । सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार पहिरो पन्छाए पनि सडक भासिने क्रम रोकिएको छैन । ‘सडक खुलाउन हामी अहोरात्र खटेका छौँ तर सडक भासिने क्रम रोकिएको छैन’, उनले भने । मेची राजमार्ग अवरुद्ध हुँदा इलामसहित, पाँचथर, ताप्लेजुङ र झापाका यात्री प्रभावित भएका छन् । इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारी साधन गोलाखर्क भञ्ज्याङमा र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधन माईखोलामा रोकिएका छन् । वैकल्पिक सडकका रुपमा प्रयोग हुँदै आएको मेची कोरिडोर (केचना–कञ्चनजङ्गा सडक) अन्तर्गत बेलासेस्थित माईखोलाको पुल असोज १८ को बाढीले भाँचिएको र तिल्केनी–सिमलगोलाई सडक अन्तर्गत जोगमाई खोलाको डाइभर्सनमा बिहीबारको बाढीले क्षति भएपछि इलामबाट झापा जाने यात्री पनि मर्कामा परेका छन् ।
चितवनमा घुँगी खोज्न जाँदा एक जनाको मृत्यु
१६ कात्तिक, २०८२
भोजपुरका किसान पनि व्यावसायिक चिया खेतीमा
१६ कात्तिक, २०८२
शुक्रबार पनि सबैभन्दा बढी माेरङमा वर्षा, अन्यमा कति ?
१६ कात्तिक, २०८२
आज हरि बोधिनी एकादशी: घरमा तुलसीलाई दामोदरसँग विवाह गरिँदै
१६ कात्तिक, २०८२
बिपी राजमार्ग अवरुद्ध, पुनर्निर्माणमा जापानको थप सहयोग
१६ कात्तिक, २०८२
‘मोन्था’ चक्रवातको असर नेपालमा पर्न थाल्यो
१४ कात्तिक, २०८२
आगामी पुसमा बाघ गणना हुने, हाल कति छ संख्या ?
१३ कात्तिक, २०८२
जेनजी आन्दोलनमा प्रहरीमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ
१२ कात्तिक, २०८२
आज नेप्से परिसूचक ६२ अङ्कले बढ्यो, २.४८ प्रतिशतको वृद्धि
१२ कात्तिक, २०८२
केन्यामा विमान दुर्घटना, १२ जनाको मृत्यु
१२ कात्तिक, २०८२
मुस्ताङ र मनाङमा भारी वर्षासँगै हिमपात
१२ कात्तिक, २०८२

