एभरेष्ट दैनिक

बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखलाई

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले हात पारेको छ । शनिबार भएको अन्तिम लिग खेलमा कोल्नलाई २(१ गोल अन्तरले हराउँदै बायर्न च्याम्पियन बनेको हो । बायर्नले लगातार ११ औं पटक बुन्डेसलिगाको उपाधि जितेको हो । बायर्न २०११/१२ को सिजनपछि लगातार च्याम्पियन हुँदै आएको छ । यस्तै बायर्नको ३२ औं बुन्डेसलिगा उपाधि हो । खेलको आठौं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८१ औं मिनेटमा डेजानले गोल गर्दै कोल्नलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८९ औं मिनेटमा जमल मुसिआलाले गोल गर्दै बय्रणलाई २–१ को जित दिलाए । यस जितसँगै बायर्नले ३४ खेलमा ७१ अंक जोडेर च्याम्पियन बनेको हो । दोस्रो स्थानको बोरुसिया डर्टमण्डले पनि ७१ अंक जोड्यो । तर, गोल अन्तरले बायर्न अघि रहदै च्याम्पियन बनेको हो । शनिबार भएको अन्तिम खेलमा डर्टमण्ड मैन्जसँग २-२ गोलको बराबरीमा रोकिएको थियो ।