एभरेष्ट दैनिक

सड्क पेटी र फूटपाथमा व्यवसाय गर्न रोक

चितवन, पुष ४। चितवनको नारायणगढ र भरतपुर बजार क्षेत्रका सडकपेटी र फूटपाथमा व्यावसाय गर्न रोक लगाएको छ । भरतपुर महानगरपालिकाले मंगलबारदेखि नारायणगढ र भरतपुर बजार क्षेत्रका सडकपेटीमा फूटपाथ व्यवसाय गर्न रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय चितवन र महानगरपालिकाले सडकलाई व्यवस्थित बनाउनका लागि सडक छेउमा गरिने व्यवसाय नगर्न सबैलाई जानकारी गराएको छ । सडक छेउमा व्यवसाय गर्दा सडक अव्यवस्थित भएको, ट्राफिक व्यवस्थापनमा समस्या भएको र फुटपाथमा यात्रा गर्ने सर्वसाधारणलाई असहज भएकोले फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न रोक लगाइएको महानगरपालिकाले जनाएको छ । फुटपाथमा व्यवसाय गर्नेहरुको लागि वैकल्पिक स्थानको खोजी गरिरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए शहरलाई व्यवस्थित बनाउँदै सुन्दर नगरी बनाउनका लागि कार्यालयले यो काम गर्न लागेको जोशीको भनाईछ । महानगरपालिकाले माईकिङ् गर्दै सबैलाई जानकारी गराएको जोशीले बताउनु भयो । सडक छेउमा व्यवसाय गर्दा दुर्घटना हुने र बजारको सुन्दरता हराउने महानगरपालिकाले जनाएको छ ।