एभरेष्ट दैनिक

राप्रपा जिल्ला अध्यक्षसहित सिंगो जिल्ला समिति माओवादीमा प्रवेश,फाेटाेफिचर

चितवन, कात्तिक १८ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका मुख्य प्रतिस्पर्धी देखिएका राप्रपा नेपालका नेता तथा वन मन्त्री बिक्रम पाण्डेलाई ठूलो झटका लागेको छ । पशुपति शमशेर नेतृत्वको राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमिल्सिनासहित सिंगो जिल्ला कमिटी माओवादी केन्द्रमा प्रवेश गरेको छ । नव प्रवेशीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले आज माडीमा आयोजित कार्यक्रममा माओवादी केन्द्र प्रवेश गरेका हुन । माडीमा आयोजित कार्यक्रममा एमाले र माओवादीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । चितवनमा यस अघि बिहीबार पाँच सयबढी युवा र शुक्रबार नयाँशक्ति केन्द्रीय परिषद सदस्य सहित सयौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।