एभरेष्ट दैनिक

नेपाल चिकित्स संघ भन्छ–बहिरंग बन्द भएपनि इमर्जेन्सीबाट सेवा

काठमाडौं, असोज १२ । नेपाल सरकार र आन्दोलनरत चिकित्सकहरुबीच बुधबार भएको बार्तामा सहमति हुन नसकेपछि आफ्नो आन्दोलन जारी रहने तर त्यसबाट स्वास्थ्य सेवा प्रभावित नहुने नेपाल चिकित्सक संघले जनाएको छ। नेपाल चिकित्सक संघले एकसातादेखि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिलाई ‘जेल विथआउट बेल’ अर्थात धरौटी विना कैद सजाय दिइनुपर्ने लगायतका माग राख्दै देशैभरका अस्पतालमा बहिरंग सेवा बहिष्कार गरिरहेको छ। तर संघले आफ्नो आन्दोलन जारी रहे पनि त्यसबाट अत्यावश्यक सेवा प्रभावित नहुन जनाएको छ । संघका अनुसार एमरजेन्सी कक्षबाट दशैंका बेला पनि चिकित्सा सेवा जारी रहनेछ बताएको छ ।