एभरेष्ट दैनिक

बिरामी शय्यामा छट्पटार्इरहँदा डाक्टरले धर्नामा बसेर हेरिरहे !

काठमाडौँ, असाेज १० । बिरामी छोरालाई बोकेर आएका बर्दिका, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्प्ताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए । निमोनिया भएको शाशंकामा राजारामले आफ्नो आठ बर्षिय छोरालाई नेपालगन्ज ल्गाएका थिए । जब उनी अस्पतालको ओपिडी कक्ष बाहिर प्रवेश गरे, त्यहाँ सुनसा देखियो । अरुबेला बिरामीको भिडभाड देखिने अस्पताल सुनसान देखेपछि उनले बाहिर आएर सोधपुछ गर्दा डाक्टरहरु आन्दोलित भएको थाहा पाए । छोरालाई सन्चो नभएर ल्याएको त डाक्टर आन्दोलनमा पो रहेछन् उनले भने विरामी छोरा बोकेर राजाराम घर फर्किदै गर्दा आन्दोलनरत डाक्टरको एउटा समहु जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेको थियो । उपचार गर्न खोजेर डाक्टरले आन्दोलन गर्न जायज कुरा होईन, बिरामीले एउटा गोली औषधी खाना नपाएर आकालमा ज्यान गुमाउनु नपरोस् मानव अधिकारको दृष्टिकोणले यस्तो गर्न मिल्दैन ।