एभरेष्ट दैनिक

टुंगो लगायो माओवादीले प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको नाम

सिन्धुपाल्चोक, असोज ८ । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले २ नम्बर प्रतिनिधिसभा अन्तर्गत २ नम्बर प्रदेशसभाको उम्मेद्वार टुङ्गो लगाएको छ । माओवादीको आइतवार बसेको बैठकले प्रत्यक्ष तर्फ र समानुपातिक तर्फका उम्मेद्वार टुङ्गो लगाएको हो । प्रदेशसभा २ मा प्रत्यक्ष उम्मेद्वार चन्द्रबहादुर थापाको नाम सिफारिस भएको छ । त्यस्तै दावा तामाङलाई प्रतिनिधि सभा २ को लागि प्रत्यक्ष तर्फका उम्मेद्वार यसअघि नै माओवादीले सिफारिस गरेको थियो । प्रदेशसभा २ मा समानुपातिक तर्फ रोहिणी विक ‘तस्वीर’, फर्वा ह्याल्मो, फुर्वा, स्याङबोको नाम सिरफारिस भएको छ । त्यस्तै समानुपातिक तर्फ झम्क पराजुली, ‘हिमाल’, बलराम विक, ल्यार्केल लामा, लमजम शेर्पा सिफारिस भएका छन् । प्रत्यक्षतर्फका उम्मेद्वार सिफारिस भएका थापा स्थानीय तहको निर्वाचनमा मेलम्ची नगरपालिकाको मेयर टिकट पाउनेमा पक्का थियो । पार्टी मिलाउनका लागि थापाले सहजै टिकट छाडेका थिए । उनले त्यस बखत टिकट छाडेर त्यागि नेताका रूपमा परिचय बनाएका थिए । बहुचर्चित मेलम्ची खानेपानीको पूर्वअध्यक्षसमेत रहेका थापा तत्कालिन क्षेत्र नम्बर ३ का चर्चित नेतासमेत हुन् । थापालार्इ त्यस भेगका स्थानीयले विकासे नेताका रूपमा चिन्छन् । मेलम्ची खानेपानीको अध्यक्ष हुँदा होस अथवा जिल्लाबाटै पनि बजेट लगेर गाउँमा विकास गरेका थिए । माओवादीले यसअघि प्रदेशसभा १ मा युवराज दुलाल ‘शरद”को नाम सिफारिस गरिसको छ ।