एभरेष्ट दैनिक

वीरगञ्ज महानगरकाे साँढे ९ बजेकाे अपडेट: कांग्रेस भन्दा संघीय समाजवादी १ सय मतले अगाडि

काठमाडौं, असोज ८ । प्रदेश नम्बर २ मा निकै चर्चा र चासोको विषय बनेको वीरगन्ज वीरगन्ज महानगरपालिकामा  पछिल्लाे परिणाम अनुसार संघीय समाजवादी  १ सय मतले अगाडि छ । वीरगञ्ज महानगरपालिका, पर्सा  संघीय समाजवादी ९९४६/९२६९ कांग्रेस ९८२८/११२७५ राजपा ६९३९/६०५९ एमाले ४९३१/५९३६ माओवादी ४४७५/३००९ लोकतान्त्रिक फोरम ३९४६/३१६० प्रदेश नम्बर २ मा निकै चर्चा र चासोको विषय बनेको वीरगन्ज वीरगन्ज महानगरपालिकामा  ८४ हजार मत खसेको थियो । ३२ वटा वडा रहेको वीरगन्जमा मंगलबारबाट मतगणना सुरु भएको थियो । वीरगन्ज महानगरमा अहिलेसम्म १, २, ३, ४, ६, ७, ८, ९, १०, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये वडा नं ३० मा एमालेका उम्मेदवार विजयी भएका छन् भने २, २८ र २९ नम्बर वडमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । त्यस्तै, १ र ४ नम्बर वडामा कांग्रेस, ३,५ र ३२ नम्बर वडामा राजपा नेपालका उम्मेदवारहरु विजयी भएका छन् । ३२ हजार ९ सय ५२ मत गणना हुँदा वीरगञ्ज महानगरपालिकाको पछिल्लोे मतपरिणाम यस्तो छ ।