एभरेष्ट दैनिक

अपराधिलाई कारवाही गर्नु हुन्न भन्दै सडकमा स्थानीयवासी !

कपिलवस्तु, असोज ८ । हतियारसहित पक्राउ परेका एक व्यक्तिलाई रिहा गर्न माग गर्दै कपिलवस्तुका स्थानीयबासी सडकमा उत्रिएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका –७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित स्थानीय भरत चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेपछि बहादुरगञ्जका स्थानीयवासीले प्रहरीको चाल रहेको भन्दै चौधरीलाई तत्काल रिहाईको माग गर्दै सडमा उत्रिएका हुन् । बुटनीयाबासीले भरतको रिहाइको माग गर्दै चन्द्रौटा–कृष्णनगर सडकखण्डअन्तर्गत बहादुरगञ्ज चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले स्थानीय प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत लगाएका छन् । इलाका प्रहरी कार्यालय बहादुरगञ्जले भने बुटहनियामा दुई वटा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित भरत चौधरीलाई पक्राउ गरेको जनाएको छ ।