एभरेष्ट दैनिक

सहिदका आफन्तसँग आर्शीवाद थापी चुनावी प्रचारमा

जाजरकोट, कात्तिक ११ । जाजरकोटमा वाम गठवन्धनका उम्मेदवार हरुले सहिद परिवारका आफन्तसँग आर्शीवाद थापी चुनाबी प्रचारमा जुटेका छन । शनिबार भेरी नगरपालिका वडा १ पिपेमा गई सहिद परिवारलाई भेटेर प्रचार सुरु गरिएको प्रदेश सभाका लागि जाजरकोट क्षेत्र १ का उम्मेदवार गणेशप्रसाद सिंहले जानकारी दिए । सहिद परिरवारका आफन्तले सहिदका सपना पूरा गरी खुशी ल्याउन उम्मेदवारलाई आग्रह गरेको सिंहले वताए । जाजरकोटको पिपेमा जनयुद्धका क्रममा ठुलो जनधनको क्षति भएको थियो । सरकारले नमूना वस्तीका रुपमा पिपेलाई विकास गर्न विभिन्न सहयोग गर्दै आएको छ । सहिद परिवारले भने आजसम्म न्याय नपाएको गुनासो गरेका छन । सहिद परिवार, कार्यकर्ता र स्थानीय वासीले छिटो माओवादी र एमालेबीच पार्टी एकताका लागि गर्न दवाव दिए छन ।