एभरेष्ट दैनिक

यसरी हटाउनुस चश्माले बनेको दाग

काठमाडौं, कात्तिक १० । आँखा मानब शरीरको अति संवेदनशिल अंग हो । आँखाको सुरक्षाका लागि भनेर मानिसहरु विभिन्न प्रकारका उपायहरु अपनाउने गर्छन । अहिले धेरै मानिसहरुले आँखाको सुरक्षा गर्न भन्दै चश्माको प्रयोग गर्न थालेका छन । चश्माले आँखालाई घामको किरण र धुलोबाट बचाउन ठूलो मद्दत गर्ने चिकित्सहरु बताउछन । तपाईँले प्रयोग गर्ने चश्माले नाकमा दाग बस्न सक्छ । यदि तपाईँ चश्माको प्रयोग नियमित गर्नुहुन्छ भने, तपाईँको आँखा र नाकको दुवै तिर कालो दाग बसेको होला। त्यो दागले गर्दा तपाईँ चिन्तित हुनुहुन्छ ? दाग कसरी हटाउने ? आयुर्वेदले तपाईको चिन्ता समाधानमा सहयोग गर्ने छ । हामी तपाईँलाई केही यस्ता उपाय बताउन चाहन्छौँ जसको प्रयोगले तपाईँको चश्माले बनेको दाग सजिलै हटेर जान्छ । चश्माले बनेको दाग कसरी हटाउने: १. एलोवेरा स् छालालाई शितलता प्रदान गर्ने सबैभन्दा राम्रो उपाय हो एलोवेरा अर्थात घ्यूकुमारी । चश्माले बनेको दागलाई हटाउनका लागि एलोवेराको प्रयोग गर्न सकिन्छ ।     एलोवेरालाई चश्माले बनेको दागमा लगाएर सुखि सकेपछि चिसो पानीले धुने । २. आलु स् उमालेको आलुको पेस्ट बनाएर दागमा लगाउने र १५ मिनेट सम्म छोड्नुस । उक्त पेस्टलाई नियमित लगाउनाले दाग हटेर जान्छ । ३. काक्रो स् काक्रोलाई स्लाइस बनाएर आँखामा राख्ने र विस्तारै रगड्ने । यो प्रक्रिया पनि नियमित गर्नाले तपाईँको दाग हट्छ । ४. कागती स् पानीमा कागतीको रस मिसाएर त्यो रसलाई कपासले दाग भएको ठाउँमा लगाउने । १५ मिनट पनि चिसो पानीले पखाल्ने ।