कुखुरालाई कनिका छरे झै गरी बजेट खर्च गर्दिन : रेणु दाहाल
८ कात्तिक, २०७४
भरतपुर, कार्तिक ८ । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विगतका पदाधिकारीले जस्तो गल्ती नदोहोर्याउने बताएकी छन । वितगमा झै गरी टालटुले योजनामा कनिका छरे जस्तै गरी बजेट खर्च गर्ने सोचमा महानगर नभएको स्पष्ट पारेकी हुन । बुधबार वडा नं. १३ को वडासभालाई सम्बोधन गर्दै दाहालले महानगरपालिका बिगतको जस्तो स्थानीय निकाय नभर्इ शक्तिशाली स्थानीय सरकार भएको बताएकी छन। वडा वडामा जनसमुदाय भेला भएर आफ्नो निकायको सभा संचालन गरी आफ्ना आवश्यकहरू पहिचानगरी आफै योजना छनोट गर्दै आफै कार्यन्वयन गर्ने अवस्थामा आइपुगेको उनले बताइन । यो अहिलेसम्म नेपाली जनताले प्राप्त गरेको सबैभन्दा ठूलो राजनीतिक उपलब्धी भएको भन्दै अबको ऐजेन्डा बिकास र संबृद्दी भयको बताइन् । अबको बिकास दिगो र आत्मनिर्भर हुनुपर्ने बताउदै योजना छनोटमा जनसमुदायको सक्रीय सहभगिता, चासो र चिन्ताप्रती खुसी ब्याक्त गर्दै योजना छनोट र कार्यान्वयनमा रचनात्मक सहयोग र खबरदारी कयमराख्न आग्रह गरिन् । १३ नं. वडाको आवश्यकता संभावना र चुनौतिको बारेमा आफु जानकार रहेको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्याक्त गरिन् । दाहालले सडक पूर्बाधार पहिलो प्राथमिकतामा पर्ने बताइन् । महानगरीय रिडंरोड, लिंक रोड सुबिधा संपन्न सिटीहल र रङशालाको काम यसै वर्ष सुरूहुने बताइन् । नदीकटानको रोकथाम र जंगली जनावरका कारण मानब बस्तीमा हुने क्षेती न्यूनिकरण गर्न जंगल सिमानामा सेसजाली निर्माणगर्ने कार्यक्रम नगरसभा संगै सूरू गर्ने बताइन् । कार्यक्रमका सभापति समेत रहेका वडा न १३ का अध्यक्ष प्रकाश दवाडीले टोल तथा अन्य सरोकारवाला क्षेत्रबाट छनोट भर्इ आएका पूर्बाधार बिकास ,पर्यटन बिकास कासाथै सामाजिक सूरक्षा संबन्धी योजनाहरू प्रस्तुत गरेका थिए । अध्यक्ष दवाडीले महानगरभित्रका सहर र ग्रामिण क्षेत्रलाइ समानुपातिक योजना तथा बजेटको ब्यावस्था गरिनुपर्ने माग गरेका थिए ।उनले वडाबासीको पहिलो प्राथमिकता सडक कालोपत्रे रहेको बताए । ७२ जना जेष्ठनागरिकहरूलाइ सम्मान वडा सभाको अवसरमा १३ न वडामारहेका ७२जना जेष्ठ नागरिक हरूलाइ प्रमुख दाहालले दोसल्ला ओडाइ सम्मान गरेकी थिइन् ।सम्मानित हुनेमा ३५ जना बृद्द तथा ३७जना बृद्दा रहेका थिए।सम्मान गर्दै वडा अध्यक्ष प्रकास दवाडीले हर्लीक्स प्रदान गरेका थिए । सम्मानित हुनुभयका ८८ वर्षीय देबी प्रशाद कोइरालाले सम्मानित हुनपायकोमा खुशी ब्याक्त गर्दै बृद्द बृद्दाहरूको संरक्षण र हेरचाहमा महानगरपालिकाले बिषेस ध्यान दिनुपर्ने बताउनुभयो ।सोअवसरमा ७०देखी ९९बर्ष सम्मकाबाटुली बोटे ,भक्तीदेबी ढकाल ,देबी प्र कोइराला ,बिष्णुमायॉ देबकोटा ,बिष्वनाथ भूसाल ,ऋषिमायॉ पौडेल रचना त्रिपाठी खगराज अधिकारी ,नानीमायॉ बोटे ,कपिल प्रशाद सुबेदी ,सोमनाथ कोइराला दानी बिक ,चन्द्रमायॉ बिक ,सरस्वती परियार, सन्तली चौधरी ,लाल बहादुर तामाडंग लगायत ७२जना जेस्ठ नागरिकहरूलाइ सम्मान गरियको थियो ।
दाङमा चलचित्र लावाजुनीको पोष्टर सार्वजनिक
८ कात्तिक, २०७४
यसरी फिर्ता भए वामगठबन्धन विरुद्धका वागी उम्मेदवारी
८ कात्तिक, २०७४
निःशुल्क साइकल वितरण
८ कात्तिक, २०७४
जुवाखालबाट १२ जना पक्राउ
८ कात्तिक, २०७४
सर्पको बिगबिगी बढेपछि स्थानीय त्रसित
८ कात्तिक, २०७४
सालकको खपटासहित तीनजना पक्राउ
८ कात्तिक, २०७४
राजपाका नेताहरु पैसावालको टिकट खोस्न अनशनमा
२ कात्तिक, २०७४
दुई दर्जन सरकारी कार्यालय खारेज हुँदै
२ कात्तिक, २०७४
आज महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
२ कात्तिक, २०७४
अाज तेस्रो दिन: लक्ष्मीपूजा
२ कात्तिक, २०७४
तिहार मानेर मात्रै माओवादी मन्त्रीले राजीनामा दिने
२ कात्तिक, २०७४
रवीन्द्रले भने–नयाँ नेपाल निर्माणका लागि वाम एकता
१ कात्तिक, २०७४
बादल चितवनबाट नलड्ने, समानुपातिकमा पर्ने प्रबल सम्भावना
१ कात्तिक, २०७४
प्रचण्डलाई जिताउन चितवनमा चुनाबी अभियान सुरु
१ कात्तिक, २०७४