एभरेष्ट दैनिक

दाङबाट चुनाव लड्दै कोमल ओली

काठमाडौं, भदौ ३० । राप्रपाकी नेतृ समेत रहेकी चर्चित लोक गायिका कोमल ओलीले दाङबाट चुनाव लड्ने मनसाय बनाएको जनाएकी छन् । दाङको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने मनसाय आफुले बनाएको सामाजिक सञ्जाल मार्फत उनले सार्वजनिक गरेकी छन् । आफ्नो मनसाय सार्वजनिक गर्दै आफ्ना शुभचिन्तकसँग सुझाब समेत मागेकी छन् । ओली रेडियो नेपालको जागिर छोडेर कमल थापाको नेतृत्व राप्राप नेपालमा राजनीतिमा सक्रिय छिन् ।