एभरेष्ट दैनिक

९२ लाख हिनामिना गर्दा जागिर चैट !

असोज १ । मेची यातायात कार्यालयका लेखा अधिकृत भगवान भट्टराईले ९२ लाख रुपैयाँ आर्थिक हिनामिना गरेपछि यातायात व्यवस्था विभागले २ महिनाको लागि निलम्बन गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा बैंकमा दाखिला गर्नु पर्ने रकम ९२ लाख ३ हजार रुपैयाँ दाखिला नगरी हिनामिना गरेको भन्दै निलम्बन गरेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । थप अनुसन्धान तथा कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सम्पूर्ण विवरण पठाएको उनले जानकारी दिए ।