एभरेष्ट दैनिक

वीरगन्जमा पुनः मतगणना सुरु

वीरगन्ज, असोज ९ । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मतगणना पुनः सुरु भएको छ । मतगणनामा बसेका राजनीतिक दलका प्रतिनिधिबीच आइतबार विवाद भएपछि स्थगित भएको मतगणना आज बिहानबाट पुनः सुचालु गरिएको हो । वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरमले नेपाली कांग्रेसँगको मतान्तर बढाउँदै लगेको छ । अहिलेसम्म संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार विजय सरावगीले १३२५९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले १२६३१ मत प्राप्त गरेका छन् । राष्ट्रिय जनता पार्टी नेपालका मेयरका उम्मेदवार राजेशमान सिंहले ८३३६ मत प्राप्त गरेका छन् । उता, बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । अहिलेसम्म एमालेले ९ हजार ४ सय १९ प्राप्त गरेको छ भने कांग्रेसले ९ हजार ४६ र संघीय समाजवादी फोरमले ७ हजार ७ सय २५ मत पाएका छन् ।