एभरेष्ट दैनिक

नेपाल आइडलकाे भाेट गणना नर्गन अदालतकाे आदेश

काठमाडौं । नेपाल आइडल छनोटविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौंले प्रतिस्पर्धीका भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश दिवाकर भट्टको इजलासले रिटमाथि बुधवार सुनुवाई गर्दै दुबै पक्षलाई छलफलका लागि शुक्रबार (२३ गते) बोलाएको छ । आगामी शुक्रबारसम्म भोट गणना नगर्न अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको हो । यज्ञमणि न्यौपानेलगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए । १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएको थिएन ।