एभरेष्ट दैनिक

भारतलाई पाकिस्तानकै तनाव, ब्रिक्समा उत्तर कोरियाकै चर्चा

काठमाडौं, भदौ २० ।  बढ्दो भुराजनीतिक तनावबीच ब्राजि, रुस् भारत, चीन र दक्षिण अफ्रिकाको समुह ब्रिक्सका नेताहरुको सम्मेलन चीनको सियामेनमा जारी छ । सम्मेलनमा विश्वका तीब्र गतिमा अर्थतन्त्रको विकास गरिरहेका ५ देशका नेता एउटै मञ्चमा उभिएका छन् । आईतबार सुरु ३ दिने सम्मेलनमा आर्थिकसम्बन्ध सबैभन्दा महत्वपुर्ण मुद्धा हुने बताए पनि उत्तर कोरियाको हाईड्रोजन बम परक्षणले बैठकलार्य प्रभावित पारेको जनाईएको छ । यसले तथा भारत र चीनबीचको सीमाका कारण उत्पन्न तनावलाई समेत ओझेल पारेको सञ्चारमाध्यमले जनाएको छ । सम्मेलनको क्रममा खासगरी आर्थिक तथा ब्यापारिक विस्तार कोरियाली प्रायद्धीपमा जारी तनाव, बेल्ड एण्ड रोड ईनिसिएटिभ तथा नयाँ विकास बैंकसम्बन्धी मुद्धा प्राथमिकता साथ उठेका छन् । भारतलाई पाकिस्तानकै तनाव  चीनमा जारी सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले उर्जा तथा सीमापार आतंकवादका विषयमा प्राथमिकता साथ उठाएका छन् । ब्रिक्सको ९ औं सम्मेलनमा बोल्दै मोदीले भने, उर्जाको सस्तो, भरपर्दो र दिगो पहुँच ने हाम्रो विकासको आधार हो । नवीकरणीइ उर्जा खासगरी महत्वपुर्ण छ ।, व्रिक्स देशले पाकिस्तानले आंकवादी समुह लस्कर ए—तईवा र जैस ए—मोहम्मले ईस्लामिक स्टटेलाई सहयोग पुर्याएको भन्दै आलोचना गरेका छन्  ।, –कान्तिपुर दैनिकबाट