एभरेष्ट दैनिक

पाँच बर्षीया बालिका बलात्कारी पक्राउ

उदयपुर, भदौ १९ । उदयपुरमा पाँच बर्षीया बालिका बलात्कारको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ पश्चिमटोल चाँपका १८ बर्षीय धुर्व भनिने हेमबहादुर कार्की रहेका छन् । कोठामा टिभी हेरेर बसेकी ती बालिकालाई बलात्कार गरेको किटानी जाहेरी दिएपछि प्रहरीले अरोपितलाई पक्राउ जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हाल प्रहरी हिरासतमा राखि अनुसन्धान प्रकृया सुरु गरिएको छ । पीडितको आईतबार स्वास्थ्य परीक्षण गरिएको आफन्तले जनाएका छन् । आफन्तहरुको अनुसार आरोपित विगत २÷३ बर्षअघि देखि नै विभिन्न अपराधिक घटनामा मुछिदै आएका व्यक्ति हुन् । १२ कक्षामा अध्ययन गर्दै आएका कार्की कहिले पैसा चोरी त कहिले लागुऔषध सेवनकर्ताको आरोपमा पक्राउ पर्दै आएको स्थानीयको भनाई छ ।