एभरेष्ट दैनिक

मुम्बइमा भवन भत्किँदा ४० जना पुरिए, उद्वार जारी

भदौ १५ । भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका छन् । मुम्बइको बजार इलाकाकै चार तल्ले भवन बिहीबार बिहान ८:४० मा भत्किएको थियो । त्यसमा परी अहिलेसम्म तीनजनाको ज्यान गइसकेको छ । बाँकी अरु सोही भत्किएको भवनमा पुरिएर रहेको आशङ्का गरिएको छ । मुम्बइमा दुई दिनदेखि भारी बर्षा जारी रहेको छ । सो बर्षाका कारण पनि उक्त भवन भत्किएको अुनमान गरिएको छ । भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारका लागि ठूलो सङ्ख्याका अधिकारी खटिएको बताइएको छ । प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले दिएको जानकारीअनुसार उक्त भत्किएको भवनको भग्नावषेशबाट तीन जनाको सव निकाएको छ । सो जानकारी ती अधिकारीले चिनियाँ समाचार समिति, सिन्ह्वालाई दिएका छन् । ती अधिकारीले चार जनालाई जिवीतै उद्वार गरिएको पनि जनाएका छन् । साथै उनका अनुसार उक्त भवनमा ४० जना पुरिएर रहेको सङ्ख्या उक्त भवनका बासिन्दाले नै जानकारी दिएका छन् । भारतीय प्रहरीको विशेष कमाण्डोसम्मिलत ४३ जनाले उद्वारको कार्य जारी राखेको बताइएको छ । उनीहरुले दिएको जानकारीअनुसार सो भवनमा ९ जनाको परिवार बसोबास गर्दै आएको छ । एएफपी