एभरेष्ट दैनिक

“मिसेस गुरुङ २०१७” को उपाधी सुमना गुरुङलाई

काठमाडौं, भदौं १४ । एसके ईन्टरटेन्मेन्टले आयोजना गरेको “मिसेस गुरुङ २०१७”को ताज मिसेस सुमना गुरुङले हात परेकी छिन् । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको पहिलो मिसेस गुरुङमा सुमनाले अन्य १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी हात पारिन् । उनले उपाधी सहित् डियो स्कुटी र ५० हजार नगदसहित विभिन्न गिफ्ट ह्याम्पर पनि हातपारिन । त्यस्तै मिसेस गुरुङ २०१७ को फस्ट रनरअपमा सुजिता गुरुङले ताज हात पारिन् । उनले ताज सहित ५० हजार नगद पुरस्कार त्यस्तै २५ हजार बराबरको बिभिन्न गिफ्टह्याम्पर प्राप्त गरिन । सेकेन्डरनरपमा हेमा गुरुङ, थर्ड रनरअपमा रिना गुरुङ , फोर्थ रनरअपमा सुनिता गुरुङ, फिफ्ट रनरअपमा सरिता गुरुङ घोषित भईन । उनिहरुले क्रमशस् ३० हजार, २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार सहित् बिभिन्न स्पोन्सर गिफ्ट प्राप्त गरेका छन । बिबाहित गुरुङ नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउन र गुरुङ भाषा,लिपी,संस्कार,संस्कृतिको संरक्षणगर्न टेवा पुग्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएको छ ।