प्रधानमन्त्री देउवा र बिहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता
११ भदौ, २०७४
काठमाडौं, भदौ ११ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवासँग शनिबार साँझ बिहारको रोयल रेसिडेन्सी होटलमा मुख्यमन्त्री नितिश कुमारले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री देउवा शनिबार साँझ नै आन्ध्र प्रदेशबाट बिहार पुगेका हुन् । भेटका क्रममा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री नितिश कुमारबीच हालै नेपालको तराई र बिहारका कतिपय सीमा क्षेत्रमा आएको बाढीका कारण भएको क्षतिका विषयमा विस्तृत छलफल भएको थियो । नेपाल र भारततर्फ बाढीले पु¥याएको क्षति र बाढी नियन्त्रणका लागि दुवै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्ने कुरामा प्रधानमन्त्री देउवाले जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भरतपुर अस्पतालमा डायलायसिस सेवा संचालन
११ भदौ, २०७४
सीमापार गर्न लागेका २९ वटा गाई नियन्त्रणमा
११ भदौ, २०७४
ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु,
११ भदौ, २०७४
प्रचण्डले फेरी भने ‘शासकीय स्वरुप बदलौँ ‘
११ भदौ, २०७४
नेपाली नागरिकता त्याग्ने बढे
११ भदौ, २०७४