एभरेष्ट दैनिक

म्यानपावर व्यवसायी बिहानै सिंहदरबार पुगे

काठमाडौं, भदौ २६ । म्यानपावर कम्पनीको धरौटी रकम बढाएर एक करोड पुर्याउने तयारी भएपछि वैदेशिक रोजगार व्यवसायी सिंहदरबार पुगेका छन् । सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संसोधन गर्दै म्यानपावर कम्पनजीको धरौटी रकम बढाउने भएको हो । संसोधनको अन्तीम ड्राफ्ट सोमबार श्रम तथा रोजगार मन्त्रालयले तयार गर्दैछ । सोमबार ड्राफ्ट तयार हुने खबर पाएलगतै म्यानपावर व्यवसायी धरौटी रकम नबढाउन माग गर्दै बिहानैदेखि सिंहदरबार पुगेका हुन् । अहिले मन्त्रालयका अधिकारी र वैदेशिक रोजगार व्यवसायीबीच छलफल भैरहेको छ । छलफलमा धरौटी रकम घटाउन नबढाउन सरकार तयार नभए सोमबार नै म्यानपावर व्यवासायीले वैदेशिक रोजगार विभागको कार्यालय घेराउन गर्ने निर्णय गरेका छन् । संघका महासचिव नरेश गेलालले मन्त्रालयसँगको छलफल पछि थप आन्दोलनका कार्यक्रम तय हुने जानकारी दिए । तर श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले भने वैदेशिक रोजगारीका नाममा भएका ठगी रोक्न र म्यानपावरलाई व्यवस्थित गर्न धरौटी रकम बढाउनुको बिकल्प नभएको बताए । मन्त्री मन्सुरले ऐन संसोधन गरेर डेढहप्ताभीत्रमा वैदेशिक रोजगारलाई ट्र्याकमा ल्याउने दाबी गरे ।