एभरेष्ट दैनिक

राणाविरुद्ध कमल थापा सर्वाेच्चमा जाने

काठमाडौं, भदौ ९ । पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक समूहविरुद्ध अदालत जाने भएका छन् । राप्रपाबाट विभाजन भई पशुपति शम्शेर राणाले नेतृत्व गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक समूहलाई निर्वाचन आयोगले बिना आधार दल दर्ताको प्रमाणपत्र दिएको राप्रपा अध्यक्ष थापाले सर्वाेच्चलाई गुहार्ने भएका हुन् । निर्वाचन आयोगले पार्टी विभाजन हुँदा चाहिने आवश्यक केन्द्रीय सदस्य संख्या नै नपुगी राप्रपा प्रजातान्त्रिकलाई दल दर्ताको प्रमाणपत्र दिएको थापाले आरोप लगाएका छन् । निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिकलाई गत बुधबार दल दर्ताको प्रमाणपत्र दिएको थियो ।