एभरेष्ट दैनिक

भ्रष्टहरुप्रति निर्मम बनौं, जनतासँग जोडिऔं : बादल

काठमाडौं, भदौ ९ । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले जनतासँग जोडिन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । माओवादी केन्द्रको ६ नम्बर प्रदेशको प्रशिक्षणमा बोल्दै नेता बादलले यस प्रदेशमा माओवादी शक्तिशाली भएका कारणले निर्वाचनमा माओवादी पहिलो हुने विश्वास व्यक्त गरेका छन् । नेता बादलले माओवादीको नेतृत्वमा प्रादेशिक सरकार बन्ने भन्दै उनले भने, ‘अब हामीले जनतासँग जोडिएर, भ्रष्टहरुप्रति निर्मम बनेर पार्टी बनाउनुको बिकल्प छैन। ’ संगठन र स्थानीय नेतृत्वमा माओवादी कमजोर भएका कारण माओवादी देशव्यापी रुपमा तेस्रो शक्ति बनेको उनले जिकिर गरे । त्यसैले अब जनतामाझ जानु अपरिहार्य भएको उनले बताए । नेता बादलले निर्वाचन पनि आफैमा आन्दोलन भएकाले यसलाई आन्दोलनको रुपमा बुझ्न र जनतासँग जोड्न जरुरी रहेको उनले बताए । ‘जहाँ नेता जनतासँग जोडिए, त्यहाँ परिणाम राम्रो आएको छ’ उनले भने, ‘रुकुम, रोल्पा, कालिकोट, हुम्ला, डोल्पाको परिणाम उत्साहजनक छ। त्यसले आधारभूत वर्गले माओवादी विचार र आन्दोलन छोडेका छैनन् भन्ने प्रमाणित गरेको छ।’ उनले थपे, ‘हामीले धर्ति छोड्नु हुँदैन, त्यसले मात्रै फेरि माओवादी आन्दोलन शक्तिशाली हुन्छ।