एभरेष्ट दैनिक

राजपाले सबै चुनाबमा भाग लिने

काठमाडौं, भाद्र ८ । राष्ट्रिय जनता पार्टी (राजपा)ले स्थानीय तहको तेस्रो चराण लगायत प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने जनाएको छ । राजपाले बुधबार सम्पन्न पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले आफूहरुका केही माग सरकारले पूरा गरेकोले निर्वाचनमा सहभागी जानकारी गराएका हुन । परिस्थिति फेरिएकोले पार्टीले चुनावमा जाने निर्णय गरेको भन्दै पार्टीले उठाएका मुद्दाहरुलाई शान्तिपूर्ण आन्दोलनमार्फत् कार्यान्वयन गराउन लागिपर्ने ठाकुरको बताए ।