एभरेष्ट दैनिक

बम टिपेर फाल्ने साहसिक हवल्दारलाई गृहमन्त्रीले फोन गरे, पुरस्कृत गर्ने घोषणा

दाङ, असरा १४ । दाङको ङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा बम टिपेर बाहिर फाल्ने साहसिक काम गरेकोमा गृहमन्त्रीले बधाई दिएका छन् । मतदान केन्द्रमा खटिएका प्ररहरी हबल्दार दुर्गाबहादुर रानाले मतदान केन्द्रमा राखिएको बम हातले टिपेर बाहिर फालेका थिए । रानाका बारेमा सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि गृहमन्त्री शर्माले रानालाई फोन गर्दै बहादुरीको प्रशंसा गरे । उनलाई पुरस्कृत गरिने समेत शर्माले घोषणा गरे । मतदान भइरहेको बेला अज्ञात समूहले बम प्रहार गरेको अवस्थामा रानाले ज्यानको पर्वाह नगरी बम टिपेर फालेका थिए । उनले बम फ्याँकेको केही मिनेटमै ठूलो आवाजका साथ बम बिष्फोट भएको थियो ।