एभरेष्ट दैनिक

बाजुराको गुम्बामा मतदान सकियो

असार १४ । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ को हिमाल भक्ति प्रावि गुम्बा मतदान केन्द्रमा मतदान सकिएको छ । अपराह्न एक पनि नबज्दै त्यहाँको मतदानप्रक्रिया सकिएको हो । जम्मा ३० जना मतदाता रहेको उक्त गुम्बा मतदान केन्द्रमा २८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिएका छन् । एक जना मतदाता भारत गएका र एकको मृत्यु भएका बाहेक सबैले मतदान गरेका छन् । मतपेटिका हेलिकप्टरबाट ल्याइने भएकाले मतदान केन्द्रमा नै सुरक्षित साथ राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।