एभरेष्ट दैनिक

९८ वर्षका वृद्ध वडाध्यक्षका उम्मेदवार !

काठमाडौं, असार ११ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेको वृद्धसमेत उम्मेदवार भएका छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाचुली गाउँपालिका–३ बाट वडाअध्यक्षमा उम्मेदवारी दिएका हुन् । १७ जेठ १९७६ मा जन्मिएका रावल कांग्रेसबाट उम्मेदवार बनेका हुन् । रावलको मतदाता नम्बर ०९९४२१७६ हो । ८० वर्ष उमेर कटेका ५१ जनाले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । यीमध्ये ६ जना स्वतन्त्र रुपमा उठेको आजको नयाँ पत्रिका मा खबर छ । बझाङको दुर्गाथलीका रावलजस्तै अन्य दुई उम्मेदवार पनि ९० कटेका छन् । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ मा सदस्यका उम्मेदवार टेकबहादुर तामाङ ९५ वर्षका छन् । उनी एमालेबाट उम्मेदवार भएका हुन् । त्यसैगरी सुनसरीको कोसी गाउँपलिकाको वडा नम्बर ७ मा सदस्यका लागि एमालेबाट उम्मेदवार बनेका सफिद मियाँ ९३ वर्षका छन् ।