गर्भवतीको ज्यान जोखिममा
११ असार, २०७४
बाजुरा, असार ११ । उत्तरी भेगकोे पाण्डवगुफा गाउँपालिका– ३ की फुलटुक्का ढोली सुत्केरी व्यथाले छटपटिएकी छन् । उनलाई व्यथा लागेको दुई दिन बित्दा पनि शिशु पाउन सकेकी छैनन् । साबिकको गोत्री गाविसमा रहेको गोत्री स्वास्थ्य चौकी हुनीमहतिमा शिशु पाउन नसकेपछि उनलाई सुत्केरी गराउनका लागि तीन दिनको पैदल यात्रामा रहेको जिल्ला सदरमुकाम मार्तडीमा पठाइएको स्वास्थ्य चौकीले जनाएको छ । फुलटुक्काको पाठेघरमा रहेको जाली फुटिसकेको, मुख खुकुलो हँुदै गएको र पेटको कडापन नरम हँुदै गएकाले सुत्केरी हुन समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो । गोत्री स्वास्थ्य चौकीबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनका लागि करिब सात घन्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । उनको उपचारका लागि स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा खबर गर्दा हेलिकप्टर प्रयोग गर्न बजेट नभएको जनाएकाले फुलटुक्काको ज्यान जोखिममा रहेको बताइएको छ । सुत्केरीको ज्यान बचाउनका लागि मन्त्रालयका सचिवसँग हेलिकप्टर उडानका लागि सम्पर्क भइरहेको डा विश्वकर्माले बताउनुभयो । यसअघि पनि सुत्केरी व्यथाले च्यापेर शिशु पाउन नसकी समयमै उपचार नहुँदा र यातायातको सहज पहँुच नहुनाले साबिकको गोत्री गाविसकी एक महिलाको मृत्यु भएको थियो।
तलबी अनुदान कटौती भएपछि विद्यालय समस्यामा
११ असार, २०७४
अवैध काठ ओसारपसारमा संलग्न तीन पक्राउ
११ असार, २०७४
कुटपिटबाट बालकको मृत्यु
११ असार, २०७४
चुरे विनाशले दर्जनौँ गाउँमा खानेपानीको हाहाकार
११ असार, २०७४
दुई बालक मृत फेला
११ असार, २०७४
जिल्लामा छ दर्जन अपाङ्गमैत्री मतदान केन्द्र
११ असार, २०७४
नमोबुद्ध नगरको विकासबारेमा छलफल
११ असार, २०७४
पहिरोको डरले हरायो निद्रा
११ असार, २०७४
अब को होला मुख्य सचिव ?
११ असार, २०७४