एभरेष्ट दैनिक

सेक्स ट्वाईले हजारौंको जासुसी गरेको आरोप, मुद्दा दर्ता

ओटावा, एजेन्सी । हजारौं जोडीहरुको यौन क्रियाकलापको जासुसी गरेको आरोपमा सेक्स ट्वाई कम्पनीविरुद्ध मुद्दा दर्ता भएको छ । क्यानाडाको ओटावामा रहेको स्टयाण्डर्ड इन्नोभेसन नाम गरेको यो कम्पनीमाथि मुद्दा चलेपछि उपभोक्ताहरुलाई क्षतिपूर्तिवापत ४० लाख क्यानेडियन डलर तिर्न कम्पनी सहमत भएको छ । तर अन्य सेक्स ट्वाई कम्पनीहरुले भने अहिले पनि जासुसी गरिरहेको हुनसक्ने भन्दै उपभोक्ताहरुले सबैलाई छानबीनभित्र ल्याउन माग गरेका छन् । कसरी गर्यो सेक्स ट्वाईले जासुसी ? स्ट्याण्डर्ड इन्नोभेसन कम्पनीले उत्पादन गरेको भी भाइब भाइभ्रेटरसँग जोडिएको एउटा एपका माध्यमबाट जासुसी गरिएको बताइन्छ । यो एपको माध्यमबाट कम्पनीले मानिसहरुको सेक्ससँग जोडिएका बानीहरुसँग सम्बन्धित डाटा प्राप्त गर्ने गर्दथ्यो । सेप्टेम्बर २०१६ मा ग्राहकहरुले व्यक्तिगत गोपनियता अधिकारको उल्लंघन गरेको आरोपमा मुद्दा दर्ता गरेका थिए । यसै हप्ता कम्पनीले गत वर्ष २६ सेप्टेम्बर अघि सेक्स ट्वाई किन्ने ग्राहकलाई क्षतिपूर्ति दिन सहमति जनाएको छ । भी कनेक्ट एपले उपभोक्ताहरुलाई मोबाईल फोनको माध्यमबाट भाइब्रेटरको तीब्रता नियन्त्रित गर्न सघाउँछ । ब्लूटुथबाट अर्को उपभोक्ताले पनि आफ्नो सेक्स ट्वाईलाई एक्टिभेट गर्न सक्छ ।