एभरेष्ट दैनिक

कार्यालय समयमा कर्मचारीलाई एक घण्टा ‘सेक्स ब्रेक’ दिने प्रस्ताव

एजेन्सी । कार्यलयमा काम गर्ने कर्मचारीको सुविधाको लागि धेरै कार्यलयले काम गर्ने समयमा महत्वपुर्ण काम गर्न सुविधाहरु दिएको हुन्छ । कामको समयमा खाजा खाने, बच्चालाई दुध चुसाउने, महिनावारी हुँदा आराम गर्ने समय दिने जस्ता सुविधा दिने गरिएको सुनिएको छ । तर स्वीडेनमा कार्यलय समयमा एक अनौठो सुविधाको प्रस्ताव गरिएको छ । स्वीडेनको सोसल डेमोक्रेट पार्टीका नेता ४२ वर्षीय पेर एरिक मुसकोसले कार्यलय समयको बेला कर्मचारीलाई सेक्स गर्न एक घण्टा छुटउन माग गरेका छन् । उनले स्वीडेनको उत्तरी शहर ओवरटर्नेओको काउन्सिल बैठकमा उक्त प्रस्ताव राखेका हुन् । प्रस्तावका अनुसार केही घण्टा छुट्टीको बदलामा तलव काटिनु हुन्न । यसले देशमा जनसंख्या बृद्धि हुन्छ । एपीका अनुसार मुसकोले भनेका छन्, भागदौडको जीवनमा प्रेमी प्रेमीका र अविवाहित जोडीलाई एकसाथ समय विताउने मौका निकै कम मिल्छ । उनले उक्त प्रस्तावले मानिसको सम्बन्ध सुधार हुनेमा विश्वास लिएका छन् । उलने भनका छन्–‘हरेका कार्यलयमा व्यायमको लागि व्रेक दिने गरिन्छ, अनुसन्धानबाट पनि प्रमाणित भइसकेको छ की सेक्स पनि व्यायम हो । यस्तोमा सेक्स व्रेक दिन बन्देज लगाइनु हुन्न । स्वीडेनमा पहिलादेखि नै कर्मचारीहरुलाई धेरै सुविधा दिने गरिएको छ । त्यहाँ कर्मचारीहरुलाई दिनमा दुइ तीन पटक चिया र कफिको लागि ब्रेक दिने गरिन्छ । साथै यहाँ बुवा बन्दा ४८० दिनको विदा मिल्छ । स्वीेडेनमा कर्मचारीहरुलाई अन्य युरोपियन देशको भन्दा कम घण्टा काम गर्नु