एभरेष्ट दैनिक

हस्तमैथुन गर्ने पुरुषलाई १०० डलर जरिवाना !

अमेरिकामा टेक्ससका महिला नेताले पुरुषले हस्तमैथुन गरेर १०० डलर जरिवाना गर्ने प्रस्ताव राखेका छन् । अस्पताल वा क्लिनिकको अनुमतिले गरिने हस्तमैथुनबाहेक आफूखुसी पुरुषहरुले हस्तमैथुन गरेमा उनीलाई सजाय स्वरुप १०० डलर जरिवानाको माग गरेका हुन् । डेमोक्रेट सांसद जेसिका फर्रारले दुई साता अघि हाउस अफ रिप्रिजेन्टेटिभमा उक्त प्रस्ताव दर्ता गराएकी हुन् । टेक्ससमा हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनको नियन्त्रणमा भएका कारण उनको यो प्रस्ताव कानुनका रुपमा सजिलै नबन्ने भएपनि गर्भपतनलाई दिएर कडा कानुन बनेको छ । उनले भनेकी छिन्, ‘नजन्मिएका बच्चाको सुरक्षा हरेक रुपमा हुनुपर्छ ।’ उनले यो विधेयकमा भनेकी छन्, ‘यदि कुनै व्यक्तिले स्त्रीको योनीभन्दा बाहिर विर्य निकाल्छ भने यो नजन्मिएका बच्चाको विरुद्ध कदम हो । उनकाअनुसार हेल्थ केयर कानुनको नाममा महिलालाई दुःख दिइएको छ, जबकी पुरुषलाई यस्तो कानुन छैन । यसमा उनले गर्भपतनको जिकिर गरेकी छन् । कामुकताको वर्गिकरण गर्दै उनले भनिन्, ‘योनी बाहिर शुक्राणु निकाल्नु नजन्मिएको बच्चाविरुद्ध कारबाही हो । यो जीवनलाई पवित्र बनाई राख्न असफलता हो ।’ यो विधेयक कतिपयलाई मजाक लागेको भन्दै उनले भनिन्, ‘टेक्ससमा जो महिला हरेक दिन सामना गरिरहेका छन्, यो कुनै मजाक होइन । यहाँका सांसदले महिलाका लागि स्वास्थ्य सुविधाका लागि निकै कठिन बनाएका छन् ।’