एभरेष्ट दैनिक

गृहमन्त्री भारत प्रस्थान

काठमाडौँ, फागुन ३०। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आज भारत प्रस्थान गरेका छन् । इन्डिया फाउन्डेसनले आयोजना आतङ्कवाद प्रतिवादसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपालका तर्फबाट मन्त्री निधी भारत प्रस्थान गरेका हुन् । यही मार्च १४ देखि १६ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने उक्त सम्मेलनमा भाग लिएर उनी शुक्रवार स्वदेश फर्किनेछन् । भारततर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री निधिले नेपाल सबै किसिमको आतङ्कवादका विरुद्धमा रहेको उल्लेख गर्दै आतङ्कवादका विरुद्धमा एकअर्काको सहयोग आदानप्रदान गर्ने विषयमा छलफल हुने बताएका छन् ।