चुनाव चिन्ह नपाएको झोंकमा नयाँ शक्ति आजदेखि आन्दोलनमा
२० चैत, २०७३
काठमाडौं, चैत १९ । नयाँ दललाई स्थायी चुनाव चिन्ह नदिएको भन्दै नयाँ शक्ति नेपालले आजदेखि देशभरी आन्दोलन गर्दै छ । निर्वाचन आयोगले आफूलाई रोजेको चुनाव चिन्ह नदिएकोमा नयाँ शक्ति नेपाल रुष्ट छ । निर्वाचन आयोगको यो निर्णय पहिलोपटक भने होइन । यसअघि पनि नयाँ राजनीतिक दल र स्वतन्त्रले स्थायी चुनाव चिन्ह पाउने गरेका थिएनन् । तर नयाँ शक्ति नेपालले भने निर्वाचन ऐनलाई नै संशोधन गरी आफूहरुलाई स्थायी चुनाव चिन्ह दिन माग गरेको छ । यसका लागि नयाँ शक्तिले केही साना र नयाँ दलहरुलाई साथ लिएर प्रधानमन्त्रीसमक्ष ज्ञापन समेत बुझाएको छ । निर्वाचन आयोगले भने ५१ जिल्लामा मतपत्र छाप्ने काम करिब करिब सम्पन्न भएको बताउँदै निर्वाचन चिन्हमा कुनै हेरफेर गर्न नसक्ने स्पष्ट गरिसकेको छ । कतिपयले नयाँ शक्तिको आन्दोलन जनताको सहानुभूति बटुल्ने अर्थमा समेत लिएका छन् । नयाँ शक्तिले निर्वाचन ऐन संशोधनको माग गर्दै बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर ऐन संशोधनका लागि ४८ घण्टाको समयसीमा दिएको थियो । आन्दोलनका कार्यक्रम अनुसार, नयाँ शक्तिले आज आइतबार देशैभरका सबै निर्वाचन आयोग र निर्वाचन कार्यालयहरुमा धर्ना दिने छ । चैत १५ र १६ मा बसेको नयाँ शक्ति पार्टीको संघीय परिषद्को बैठकले दलकै चुनाव चिन्हबाटै चुनावमा भाग लिन पाउने गरी ऐन संशोधन नभएसम्म संघर्ष गर्ने निर्णय गरेको थियो । ऐन संशोधन लगायत निर्वाचनको वातावरणका लागि विभिन्न ६ वटा पूवशर्त राख्दै संघर्ष र निर्वाचनमा सहभागिताको नीति संघीय परिषद्को बैठकले लिएको छ । स्थानीय तह निर्वाचन ऐन संशोधनबाहेक निर्वाचनको वातावरण बनाउनका लागि नयाँ शक्तिले संविधान संशोधन मार्फत थारु, मधेशी, आदिवासी जनजातिका मागको सम्बोधन, विशेष, संरक्षित र स्वायत्त क्षेत्र सहितको राज्यको अग्रगामी पुनःसंरचना, लगायतका माग राखेको छ ।
कृषकलाई नि:शुल्क मोवाइल र सिमकार्ड वितरण
२० चैत, २०७३
सयौं कार्यकर्ता वाईसीएलमा प्रवेश
२० चैत, २०७३
प्रधानमन्त्री प्रचण्ड नेपाल टेलिभिजनमा
१९ चैत, २०७३
गैँडा मार्ने अभियुक्त सात वर्षपछि पक्राउ
१९ चैत, २०७३
धुलोधुवाँले पार्छ छालालाई यस्ताे असर
१९ चैत, २०७३
बुटवलमा पहिलो पटक सेयर खरिद बिक्री सुरु
१९ चैत, २०७३
म्यादी प्रहरी डाक्टरले छान्छन् कि क्याहो !
१९ चैत, २०७३
लौ नाम निकाल्ने गरी दौडिनु है !
१९ चैत, २०७३
चुनाव निर्धारित समयमै हुन्छ: मन्त्री गिरी
१९ चैत, २०७३