एभरेष्ट दैनिक

लाइभः मेहबुब र सागरको कसिलो बलिङ, १९ ओभरमा दुई विकेट गुमाएर केन्याले बनायो ४९ रन

काठमाडौं, फागुन ३० । आइसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत केन्यासँग भइरहेको खेलमा नेपालका बलरसामु केन्या दबाबमा देखिएको छ । त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर बलिङ रोजेको नेपालका लागि मेहबुबले ७ ओभर बलिङ गरेर केन्याको दुई विकेट लिएका छन् । उनले पाँच ओभरमा कुनै पनि रन दिएनन् । जम्मा सात ओभरमा उनले जम्मा ११ रन मात्रै दिए । यस्तै सागर पुनले पनि कसिलो बलिङ गरेका छन् । पाँच ओभर बलिङ गरेका सागरले जम्मा १२ रन दिएका छन् । जारी १९ ओभरको खेल चलिरहँदा केन्याले दुई विकेट गुमाएर ४४ रन जोडेको छ । नेपालका लागि मेहबुब आलमले केन्याको दुबै विकेट लिएका हुन् ।