इश्वर पोखरेलको दाबी-‘भित्र भित्रै चुनावको तयारीमा मधेसी मोर्चा’
१९ चैत, २०७३
धनकुटा, चैत १९ । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन गराउन नदिने भन्नेहरु फासिस्ट चरित्रको भएको आरोप लगाएका छन् । शनिबार बिहान प्रेस चौतारी नेपाल धनकुटाले सदरमुकाममा गरेको पत्रकार भेलामा पोखरेलले उनले निर्वाचन जुनसुकै हालतमा पनि हुने दाबी गर्दै चुनावबाट भाग्नेले सदाका लागि आफ्नो हैसियत गुमाउने बताएका हुन् । मधेसी मोर्चाले द्वैध चरित्र देखाएकोले समस्या आएको पोखरेलको भनाई थियो । मधेसी मोर्चाकै कार्यशैलीले स्थानीय चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका जन्मिएको भन्दै उनले भने- मधेसी मोर्चा एकातिर निर्वाचनमा भाग नलिन भन्ने र अर्कोतर्फ भित्रभित्रै निर्वाचनमा होमिने तयारी गरिसकेको आफूले सूचना पाएको छु ।’ संविधान प्रभावकारी कार्यान्वयनका लागि पनि निर्वाचन अपरिहार्य भएकोले सबैपक्ष यसमा जुट्न उनले आग्रह गरे । केन्द्रको अधिकार जनतामा पुग्ने महत्वपूर्ण बाटो निर्वाचन भएकोले यसको महत्व रहेको पोखरेलले बताए । नेता पोखरेलले संविधान संशोधन बेमौसमी बाजा भएकोले यसको औचित्य नभएको बताए । ‘प्रदेश सीमा हेरफेर प्रदेशसभाले मात्र गर्न सक्छ, यस्ता विषयमा मधेसी मोर्चाले अलमल गर्नुहुँदैन,’ पोखरेलले सुझावको शैलीमा भने । एमालेका महासचिव पोखरेलले आफ्नो पार्टीविरुद्ध डरलाग्दो गुटबन्दी भएको आरोप लगाए । चारैतिरबाट एमालेविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै उनले यसबाट आफ्नो पार्टी रत्तिभर नआत्तिएको उनले बताए । उनले भने– ‘स्वतन्त्र विद्यार्थीको निर्वाचनदेखि स्थानीय तहको निर्वाचन आइपुग्दासम्म विभिन्न दलले चरम गुटबन्दी गरेका छन, फलेको रुखमा सबै ढुङ्गा हान्छन् ।’ अविचलित यात्राले लक्ष्य चुम्ने उनको दाबी थियो । ‘एमाले माथि जति गुटबन्दी र मोर्चाबन्दी हुन्छ, उति आफूहरु संगठित हुन बल पुग्ने छ’ उनले भने, ‘कमजोर मनस्थिति भएकाहरु गुटबन्दी गर्छन् ।’
भयरहित हुनुपर्छ स्थानीय तहको चुनाव
१९ चैत, २०७३
कविता : शहर
१९ चैत, २०७३
उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार प्रदान
१९ चैत, २०७३
नवलपरासी बस दुर्घटनाः पाँच जनाको मृत्यु
१९ चैत, २०७३
सातै प्रदेशमा कांग्रेसले सभा गर्ने
१९ चैत, २०७३
अहिलेसम्म भए १२ स्थानीय निर्वाचन
१९ चैत, २०७३
बिहे गर्न नमानेपछि प्रेमीकाको हत्या
१९ चैत, २०७३
‘एपी वान टेलिभिजन’ सुभारम्भ
१९ चैत, २०७३
के सहमति भयो सरकार र मधेसी मोर्चाबीच?
१९ चैत, २०७३
आजबाट युरो-४ मापदण्डको तेल
१९ चैत, २०७३