२३ वर्षीय अनमोल, चार सिनेमामा चार नायिकासँग रोमान्स
१७ चैत, २०७३
चैत १७ । नेपाल सुपरस्टर भुवन केसीका पुत्र नायक अनमोल केसी ‘होस्टेल’बाट सिनेमा उद्योगमा प्रवेश गरेर हालसम्म ४ वटा चलचित्र दिए दर्शकलाई त्यो पनि फरक फरक नायिकासँग रोमान्स गर्दै । अभिनेता अनमोल केसी बिहीबारबाट २३ वर्षमा प्रवेश गरेका छन् । २०५१ साल चैत १७ गते काठमाडौंमा जन्मेका अनमोल १९ वर्षको उमेरमै सिनेमामा मुख्य कलाकारको रुपमा डेब्यु गरेका थिए । चलचित्रमा डेब्यु गरेदेखि नै सफल मानिएका अनमोल छोटो समयमै सुपरस्टार बनेका हुन् । अनमोल बाल्यकालदेखि नै सिनेमामा संलग्न भने थिए । पारिवारिक पृष्ठभूमि नै फिल्मी दुनियाँमा भएका कारण आमा अभिनेत्री शुष्मिता बोम्जन र बुवा अभिनेता भुवन केसी पनि अनमोलको सिनेमा प्रति सानैदेखि लगाव बढेको हो । मुख्य अभिनेताको रुपमा प्रवेश गरेको ४ वर्षे फिल्मी करिअरमा अनमोलले धेरै यस्ता रेकर्डहरु राखेका छन् जुन अहिलेसम्म अन्य कलाकारले सायदै राखेका छन् । अनमोलको एउटा बानी, उनी हत्तपत्त सार्वजनिक ठाउँमा जाँदैनन् । उनी आफ्नो स्टारडमलाई आफै मेन्टेन गरेर राख्छन् । सञ्चार माध्ययमहरुले पनि उनीसँग कुरा गर्न त्यति सहज छैन । तर पनि उनका प्राय कुराहरु उनको निकट स्रोतबाट सार्वजनिक हुने गर्छन् । हरेक सिनेमामा नयाँ अभिनेत्री भित्र्याउने । उनी त्यस्ता भाग्यमानी अभिनेता हुन् जसले हरेक सिनेमामा नयाँ अभिनेत्रीसँग रोमान्स गर्न पाउँछ । उनका प्राय सिनेमाबाट एउटा नयाँ अनुहारको डेब्यु हुन्छ । उनको डेब्यु सिनेमा ‘होस्टेल’मा अभिनेत्री प्रकृती श्रेष्ठले काम गरेकी थिईन् जुन प्रकृतीको पनि डेब्यु सिनेमा नै थियो । त्यस्तै अनमोलको दोस्रो सिनेमा ‘जेरी’मा पनि नयाँ अनुहार नै लन्च गरिएको थियो आन्ना शर्माको । अनमोलको तेस्रो सिनेमा ‘ड्रिम्स’ मार्फत पनि अभिनेत्री साम्राज्ञीलाई लन्च गरियो । साम्राज्ञी अहिले नेपाली सिनेमामा अत्यधिक रुचाईएकी अभिनेत्रीमा पर्छिन् । अनमोलको चौथो सिनेमा हो ‘गाजलु’ । यसै सिनेमा मार्फत मिस नेपाल ९२०१२० श्रृष्टी श्रेष्ठले डेब्यु गरिन् । अनमोलसँगको डेब्यु सृष्टीलाई पनि फलिपाप नै भयो । हाल श्रृष्टी दोस्रो सिनेमा ‘रोमियो एण्ड मुना’ मा काम गरिरहेकी छिन् । अनमोल आगामी सिनेमा ‘कृ’ मा पनि नयाँ अभिनेत्री अदिती बुढाथोकीसँग काम गर्ने कुरा भइरहेको छ । स्कृप्ट र छायांकन सुरु नभइसकेको हिसाबले यस चलचित्र प्रति शंका बढेको छ । यद्यपी ढिलोचाडो काम हुने आशा गरिएको छ । यस हिसाबले अनमोलले काम गरेका हरेक सिनेमाबाट नेपाली सिनेमा उद्योगले नयाँ अभिनेत्री पाउने गरेको छ ।
तीन वर्षीया बालिका बलात्कृत
१७ चैत, २०७३
‘झारफुकतिर लाग्दा सुत्केरीको ज्यान गयो’
१७ चैत, २०७३
आँखा नपाए आन्दोलन गर्छाै : डा.भट्टराई
१७ चैत, २०७३
चुनावी चहलपहल बढ्यो
१७ चैत, २०७३
नेपालमा नयाँ विषयमा पठनपाठन सुरु
१७ चैत, २०७३
चुनाव बहिष्कार गर्ने विप्लव पार्टीको घोषणा
१७ चैत, २०७३
उपराष्ट्रपतिबाट पुष्पमेला उद्घाटन
१७ चैत, २०७३
नेपालले हङकङलाई सात विकेटले हरायो
१७ चैत, २०७३
हङकङविरुद्ध शरदले बनाए अर्धशतक
१७ चैत, २०७३