हङकङविरुद्ध शरदले बनाए अर्धशतक
१७ चैत, २०७३
ढाका, चैत १७ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालका शरद भेषवाकरले अर्धशतक बनाएका छन् । बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर हङकङले बनाएको २१५ रनको जवाफी व्याटिङ गरिरहेको नेपालका लागि शरदले तीनवटा छक्का रतीनवटै चौका मद्दतमा अर्धशतक पूरा गरेका हुन् । शरद भेषवाकरले व्यक्तिगत ५० बलमा ५४ रन बनाएका हुन् । यसैगरी दीपेन्द्रसिंह ऐरी पनि अर्धशतक बनाएका छन् । उनले बंगलादेशविरुद्ध पनि अर्धशतक बनाएका थिए । यसैगरी पाकिस्तान र बंगलादेशसँग खासै प्रदर्शन गर्न नसकेका कप्तान ज्ञानेन्द्र मल्लले पनि ७० र बनाएका छन् । मल्लले ११ चौका मद्दतमा उक्त योगफल बनाएका हुन् । नेपालका ओपनर व्याट्स्यान आसिफ शेख व्यक्तिगत ८ रनमा बनाएर आउट भएका थिए । त्यसअघि हङकङले निर्धारित ५० ओभरमा अलआउट भएर २१४ रन बनाएको थियो । लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगितामा अंक विहीन दुवै टोली प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउँमा छन् । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको निर्णायक खेलमा भिड्ने तयारीमा रहेका दुवै टोलीले आजको प्रतिस्पर्धालाई एक अर्काको कमजोरी पत्ता लगाउने महत्वपुर्ण अवसरको रुपमा लिईएका छन् । नियमित कप्तान पारस खड्का सहित केही मुख्य खेलाडीलाई आराम दिदै बंगलादेश भ्रमणमा निस्किएको नेपाली क्रिकेट टोली प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले र बंगलादेशसंग ८३ रनले पराजित भएको थियो । हङकङ पहिलो खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग २ सय ४८ रनको हार ब्यहोरेको थियो ।
तीन हजारबाट म्यादी प्रहरीको आवदेन
१७ चैत, २०७३
अदुवाको उचित मूल्य नपाउँदा किसान चिन्तित
१७ चैत, २०७३
तामाखानी उत्खननको पर्खाइमा
१७ चैत, २०७३
नेपाललाई दोस्रो झड्का, दीलिपनाथ आउट
१७ चैत, २०७३
खराब मौसमका कारण उडान प्रभावित
१७ चैत, २०७३
भत्ता नदिएको भन्दै वृद्धवृद्धा अाक्राेश
१७ चैत, २०७३
हङकङद्वारा नेपाललाई २१५ रनको चुनौति पेश
१७ चैत, २०७३