तीन हजारबाट म्यादी प्रहरीको आवदेन
१७ चैत, २०७३
लुम्बिनी, चैत १७ । लामो समयको अन्तरालपछि हुन लागको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा म्यादी प्रहरीका लागि फाराम भर्नेहरुको भीड लागेको छ । प्रहरीले निर्वाचनका तयारीका लागि थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भन्दै जिल्ला जिल्लामा म्यादी प्रहरीका लागि आवेदन फाराम माग गरेसँगै रुपन्देहीमा फाराम भर्नेको घुइँचो लागेको हो । बीस वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र स्वतन्त्रतापूर्वक सम्पन्न गर्न म्यादी प्रहरीले धमाधम फाराम भरिरहेको रुपन्देही प्रहरीले जनाएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह निर्वाचनको विरोध गरेपनि यहाँका युवाको म्यादी प्रहरीमा निकै आकर्षण बढेको देखिएको छ । शनिबारदेखि सुरु भएको भर्ना अभियानमा आज दिउँसोसम्ममा ३ हजार जनाले फाराम भरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी वेल बहादुर पाण्डेले जानकारी दिनुभयो । दुई महिना भएपनि रोजगारी पाइने र सेवा समेत गर्न पाइने भावना ती युवामा छ । रूपन्देहीमा फाराम भरेकाहरुमा ६० प्रतिशत मधेसी समुदायका युवायुवती छन् भने ४० प्रतिशत पहाडिया समुदायका छन् । म्यादीमा फाराम भरेकामध्ये पूर्वप्रहरी, पूर्व म्यादी प्रहरी, पूर्व नेपाली सेना र भारतीय सेनाका जवान रहेका छन् । म्यादीमा फाराम भर्न आएकामध्ये अधिकांश आइ.ए. तथा केही बि.ए. र एम.ए पढ्दै गरेका विद्यार्थीसमेत रहेको रूपन्देही प्रहरीले जनाएको छ । रुपन्देहीमा एक हजार पाँचसय जति म्यादी प्रहरीको आवश्यकता पर्न सक्ने प्रहरीले अनुमान गरेको छ ।
अदुवाको उचित मूल्य नपाउँदा किसान चिन्तित
१७ चैत, २०७३
तामाखानी उत्खननको पर्खाइमा
१७ चैत, २०७३
नेपाललाई दोस्रो झड्का, दीलिपनाथ आउट
१७ चैत, २०७३
खराब मौसमका कारण उडान प्रभावित
१७ चैत, २०७३
भत्ता नदिएको भन्दै वृद्धवृद्धा अाक्राेश
१७ चैत, २०७३
हङकङद्वारा नेपाललाई २१५ रनको चुनौति पेश
१७ चैत, २०७३